• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:06 am

प्रदेश ३ को नाम ‘गौरीशंकर’ राखौं  !

काठमाडौं । नाम के राख्ने ? राजधानी कहां बनाउने भन्ने कुराको टुंगो अझै गर्न नसकेको प्रदेश ३ मा पछिल्लो चरणमा यस विषयमा वाक्लो बहस हुन थालेको छ ।
प्रदेश ३ को नाम हिमालबाट राख्नुपर्ने र गौरीशंकर त्यसका लागि उपर्युक्त हुने सुझाव केही सांसद एवं विज्ञहरुले दिएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले प्रस्तावित विभिन्न नाममध्ये गौरीशंकर उपर्युक्त हुने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश सांसद पशुपति चौंलागाई, पूर्व मन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दिपेन्द्र श्रेष्ठ, डा.प्रदीप मैनालीसहितले प्रदेशभरको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशंकर हुने बताए ।

उक्त नामाकरणको निर्णय गर्न सांसद खड्काले गत साता प्रदेश सभामा प्रस्ताव समेत दर्ता गराइसकेका छन् । त्यसलाई कार्यान्वयन गर्न सबै प्रदेशमा समन्वय गर्नका लागि बरिष्ठ कलाकार मदनदाश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

‘पवित्र हिमालको नाम भएको र नेपालको समय निर्धारण समेत गौरीशंकर भएकाले यो नाम उपयुक्त हुन्छ भनेर हामीले अभियान थालेका हौं’, कार्यक्रममा बरिष्ठ कलाकार एवं संयोजक श्रेष्ठले बताए । नेता चौलागाईले नाम र राजधानीको विषयमा प्रदेश सभाको यही अधिवेशनमा मतदान हुने औंल्याउदै गौरीशंकर हुन सक्ने सम्भावना राखे । 

काठमाडौंका प्रदेश सदस्य दिपेन्द्र श्रेष्ठले हिमालै हिमाल भएको प्रदेशमा हिमालबाटै नामाकरण हुनु उपर्युक्त हुने सुझाव दिए । प्रस्तावक सांसद विशाल खड्काले गौरीशंकर नामाकरण गर्नुपर्ने आधार र कारणहरु राखेका थिए ।

डा. मैनालीले गौरीशंकरको महिमा पशुपतिदेखि त्रिशुली सम्म जोडिएको प्रसङ्ग झिक्दै हिमालय पर्वत श्रृंखलाबाटै नामाकरण गर्दा उचित समेत हुने भएको धारणा राखेका थिए । 
कार्यक्रममा अभियानका तर्फबाट समाजसेवी सोभित उप्रेती, कानुनव्यवसायी प्रवीण प्रधान, बरिष्ठ पत्रकार बालकृष्ण बस्नेत, दिलिप थापामगर, सन्तोष खड्कासहितले यो प्रदेशको नामाकरण हिमालबाटै गर्दा सर्वस्वीकार्य हुने संभावना औंल्याए ।

प्रदेशको नाम कै विषयमा आइतबार दिउसो समेत अभियान्ताहरुले काठमाडौंमा अन्तक्र्रिया गर्ने बताएका छन् । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा

  • ३ असोज, २०७६

काठमाडौं । संसारकै सवैभन्दा अग्लो भ्यू टावर संयुक्त अरव इमिरेट्सको बुर्ज खलिफा आज शुक्रबार नेपालको झण्डासो रंगिएको छ । नेपालको संविधान दिवस तथा

राष्ट्रपति भण्डारीले गरिन् दिवंगत सुशिल कोइरालाको प्रशंसा

  • ३ असोज, २०७६

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान

संविधान कार्यान्वयनमा केन्द्रित हुन नेम्वाङको आग्रह 

  • ३ असोज, २०७६

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरूलाई