ललितपुर बागमती गाँउपालिका समक्ष नेकपाका ७ बुंदे ज्ञापनपत्र
पालिकामा भ्रष्टाचार भएकाे शंका
ललितपुर । सत्तारुढ नेकपा, ललितपुर जिल्ला, बागमती गाँउपालिकाले आर्थिक विवरण सर्वजनिक गर्न माग गरेको छ । बागमति गाँउपालिका भित्र आर्थिक अनियमितता भएको आशंका गर्दै बागमती पालिका कमिटिले सम्पुर्ण आर्थिक हिसाव किताव पारदर्शी रुपमा सार्वजनिक गर्न माग गरेको हो ।
नेकपा बागमती गाँउपालिकाका पराजित नेकपाका उम्मेदवार राजु आलेमगर, दुर्गा प्रसाद घिमिरेसहितको टोलीले बिहिबार गाँउपालिका प्रमुख बिरबहादुर लोप्चनलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । लोप्चन नेपाली काँग्रेसका तर्फबाट बागमति गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
ज्ञापन पत्रमा गाँउपालिका अध्यक्ष लोप्चनले गाँउपालिका भित्रको शिक्षा क्षेत्रमा जथाभावि निर्णय गरेको, राजनीतिक पूर्वाग्रहका आधारमा शिक्षकलाई आतंकित बनाउने गरि सरुवा गरिएको, राजनीतिक निकटताका आधारमा नियुक्ती गरेकोले त्यसलाई तुरुन्त सच्याउन माग गरिएको छ ।
त्यस्तै गाँउपालिकाको बजेट कार्यविधि बनाएर मात्र खर्च गर्न, राज्यले गर्ने विकासका योजना आवश्यकता र प्राथामिकताका आधारमा छनोट गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । अध्यक्षा लोप्चनले राजनीतिक आश्था र पारिवारीक निकटताका आधारमा बजेट विनियोजन गर्ने गरेको नेकपाको आरोप छ ।
बागमती गाँउपालिकाले आर्थिक मितव्ययीताको नाममा पालिका भित्रहुने कार्यक्रममा खादा प्रयोगमा प्रतिवन्ध लगाउनेगरि गरेको निर्णयको समेत बिरोध गरिएको छ । पालिकाको ३४ औं बैठकले कार्यक्रमहरुमा खादा प्रयोग नगर्ने निर्णय गरेको थियो ।
गाँउपालिका भित्रका बहुसंख्यक तामाङ समुदायको भावनामा चोट पुग्नेगरि खादा प्रयोगमा रोक लगाईएको भन्दै नेकपाले सो निर्णय तुरुन्त फिर्ता लिन गाँउपालिकालाई आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस