• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नासाको अन्तरिक्ष स्टेशनमा अब पर्यटक जान पाउने

तस्विरः बिबीसी

न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस)को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ ।

‘पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,’ नासाले भनेको छ । 

आईएसएसका उप निर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन् ।  

अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर