सन्नी लियोनले अभिनय गरेको नेपाली गीत सार्वजनिक (भिडियो)

काठमाडौं । दुई करोड भारतीय रुपैयाँ बुझेर बलिउड अभिनेत्री सन्नी लियोनले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो नाम सन्नी’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलको स्वर रहेको गीतको शब्द विक्रम जोशीले लेखेका हुन् । गीतको भिडियोमा सन्नीले बोल्ड ठुम्का लगाएकी छन् । 

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतको कोरियोग्राफी विष्णु देभाले गरेका हुन् । देभा बलिउडका प्रख्यात डान्स कोरियोग्राफर हुन् । 
 
गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी, अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । फिल्म ‘पासवर्ड’ भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर