व्यापक प्रदर्शनकाबीच हङकङको प्रमुख कार्यकारीले मागिन् माफी, तर पद छोड्न अस्विकार

एजेन्सी । हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरेपनि आइतवार दशौँ हजार मानिस प्रदर्शनमा उत्रिए ।
चर्कदो प्रदर्शनलाई मध्यनजर गर्दै हङकङ सरकारकी मुख्य कार्यकारी क्यारी लामले ‘संघर्ष’ उत्पन्न गराएकोमा माफी मागेकी छिन्, तर पद छोड्न अस्विकार गरेकी छिन् ।
आइतबार प्रदर्शनकारीले विधेयक रद्द गर्नुपर्ने माग गर्दै लामको राजीनामा मागिरहेका थिए । लामको कार्यालयको तर्फबाट जारी एक बयानमा सरकारको कमजोरीका कारण हङकङमा संघर्ष र विवाद उत्पन्नको कारण बनेको लामले स्विकारेको बताइएको छ ।
प्रमुख कार्यकारी लामले नागरिकसँग माफी मागेको र आलोचनालाई इमान्दारी र विनम्रताका साथ स्विकार गरेको पनि बयानमा बताइएको छ ।
परिवर्तनमा मूख्य भूमि चीन ताइवान र मकाउबाट अपराधिक सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको छ ।
ताइवानमा विदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो ।
लामसहित हङकङका अधिकारीहरूले शहरलाई अपराधीहरूबाट बचाउन त्यस्तो कानून आवश्यक रहेको बताउँछन् । तर कैयौँले चिनियाँ राज्यका राजनीतिक विपक्षीहरूलाई लक्षित बनाउन प्रयोग हुन सक्ने त्रास व्यक्त गर्छन् ।
प्रतिकृया दिनुहोस