• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भोलिदेखि गर्मी कम हुदै जाने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यस वर्ष मनसुन शुरु हुने समयमा पनि मनसुन सक्रिय हुन् नसक्दा देशभर अत्यधिक गर्मी महसुस भएको महाशाखाका मौसमविद् राजु प्रधानाङले बताए ।  उनका अनुसार केही दिनदेखि उपत्यकासहित देशभर कुनै पनि मौसमी प्रणाली विकसित हुन नसकेको र मौसम खुला भई प्रचण्ड घाम लाग्दा तथा प्रि–मनसुन क्रमशः कमजोर हुँदै जाँदा मुलुकभर तापक्रम वृद्धिसँगै गर्मी महसुस भएको हो । 

    सामान्यतया नेपालमा मनसुन भित्रिने समय जुन १० हो तर यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने भएको छ ।गत वर्ष जुन ८ मा मनसुन भित्रिसकेको थियो । अझै तीन चार दिन मनसुन भित्रिने कुनै गतिविधि नदेखिएको मौसमविद् प्रधानाङ्गले जानकारी बताए ।  नेपालमा मनसुन प्रवेश गर्न स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्ने बताइएको छ । आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायु विकसित हुँदै आउने भएकाले मङ्लबारबाट केही मात्रामा गर्मीबाट राहत मिल्ने मौसमविद्को भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर