भाइरल प्रिया प्रकाश बलिउडमा डेब्यु गर्दै

काठमाडौं । सामाजिक संजालमा भाइरल बनेकी प्रिया प्रकाशले बलिउडमा डेब्यु गर्ने भएकी छन् । उनि फिल्म ‘श्रीदेवी बंगलो’बाट बलिउडमा अवतरण गर्दै्छिन् ।गत साल सामाजिक संजालबाटै चिनिएकी प्रिया प्रकाश गुगलमा धेरै सर्च गरिएकी युवतीमा पर्न सफल रहेकी थिइन् ।

अत्यधिक चर्चामा आएपछि उनलाई बलिउडबाट पनि फिल्मका लागि अफर गरिएको थियो । त्यसैमध्ये ‘श्रीदेवी बंगलो’ एक हो । प्रशान्त माम्बुलीले निर्देशन गर्ने यस फिल्ममा प्रियाका अलावा प्रियांशु चटर्जी, असीम अली र मुकेश ऋषि रहेका छन् ।

प्रियाको यो फिल्म चाँडैनै रिलिज हुँदैछ । पहिलो फिल्म रिलिज हुनु पूर्व नै प्रिया नयाँ फिल्म ‘लव ह्याकर’मा आबद्ध भइसकेकी छिन् । जुन फिल्म साइबर क्राइममा आधारित रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर