• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोपा अमेरिका फुटवल : अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन

कोपा अमेरिकी फुटबलमा अर्जेन्टिनाले पाराग्वेसंग बराबरी खेलेको छ । बिहिबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो खेलमा कोलम्बियासंग हार ब्यहोरेको अर्जेन्टिनाले दोस्रो खेलमा अंक बाँडेको छ । बराबरीको नतिजाले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । समुह बीबाट कोलम्बिया समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । पाराग्वे २ खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अर्जेन्टिनाले २ खेलबाट मात्र १ अंक जोडेको छ ।

खेलमा अग्रता पाराग्वेले ३७ औ मिनेटमा रिचर्ड सान्चेजको गोलमार्फत लिएको थियो । मिगुएल अल्मिरोनको उत्कृष्ट क्रसलाई सान्चेजले गोलको दिशा दिएका थिए । ५७ औ मिनेटमा पेनाल्टी गोलमार्फत अर्जेन्टिना खेलमा फर्किएको थियो । डि बक्सभित्र इभान पेरिसको ह्यान्ड बलमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा लियोनल मेस्सीले गोल गरे ।

६३ औ मिनेटमा पाराग्वेले खेलमा पुन अग्रता लिने अवसर गुमायो । डर्लिस गोन्जालेजको पेनाल्टी प्रहारलाई अर्जेन्टिनी गोलकिपरले असफल पारे । बल पोजिसनमा हाबी देखिएपनि अर्जेन्टिनाले थप गोल निकाल्न भने सकेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर