• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नीजि प्राविधिक तालिम कार्यक्रम खारेज नगर्न सरकारसंग माग

काठमाडौं । निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले स्वास्थ्यसँग सम्बन्धित सिएमए, अनमी, आयुर्वेद र आम्ची जस्ता विषयहरुको तालिम कार्यक्रम खारेज नगर्न सरकारसँग माग गरेको छ ।

सिटीईभिटीद्धारा संचालित सो कार्यक्रम खारेज गर्ने तयारी भईरहेका बेला महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ती विषयहरुको तालिम कार्यक्रम खारेज नगर्न सरकारसँग माग गरेको हो । 

अरवौको लगानीमा निजी क्षेत्रले देशका विभिन्न भागमा संचालनमा ल्याएका २०६ वटा त्यस्ता संस्थाहरुलाई खारेज नगर्न सरकारसँग माग गर्नु परेको महासंघका अध्यक्ष शैलेन्द्रमोहन झाले जानकारी दिनु भयो । ग्रामिण क्षेत्रको जनताको स्वास्थ्य सेवा पु¥याउन निजी क्षेत्रबाट खोलिएको ती कार्यक्रमहरु खारेज गरे सरकारविरुद्ध आन्दोलन गर्ने महासंघको चेतावनी छ ।

महासंघले ती कार्यक्रमहरु संचालन गरिरहेका संस्थाहरुको नवीकरण गर्न तत्काल व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर