योग दिवसमा योग र आयुर्वेद चिकित्सा पद्धतीबारे चर्चा

बुटवल । पाचौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा बुटवलको मुख्य केन्द्र ट्राफिक चोकमा योगसहितको कार्यक्रम गरिएको छ । कार्यक्रममा योगको महत्वका बारेमा चर्चा गरिएको थियो ।
सामाजिक विकास मन्त्रालय स्वस्थ्य निर्देशनालयको आयोजना, लुम्विनी आयुर्वेद चिकित्सालय, पताञ्जली योग समिति रुपन्देही, मानव सेवा आश्रमलगायतको समन्वमा भएको कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । योग प्रशिक्षक विष्णुहरी आचार्यका अनुसार कार्यक्रममा नसर्ने रोगबाट बच्न योगको महत्वका बारेमा पनि चर्चा गरिएको थियो ।
कार्यक्रममा वोल्दै प्रदेश पाचका सामाजिक विकास मन्त्री सुर्दशन बरालले नसर्ने रोगबाट बच्न योगको महत्व बढी रहेको भन्दै योग र आयुर्वेद चिकित्सक पद्धतीलाई अवलम्वन गर्नुपर्ने बताए । पछिल्लो समयमा नसर्ने रोगका कारण स्वस्थ्य जोखिम बढ्दो रहेको धारणा राख्दै मन्त्र र किताव भित्र सिमित रहेको योग र आयुर्वेद लाई ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले अस्पतालमा लाग्ने भिड विहान योगमा लगाउनसके स्वस्थ्यमा सुधार ल्याउन धेरै मद्दत मिल्ने धारणा राखेका थिए ।
स्वस्थ्य निर्देशक दिनेशकुमार चापागाईले जीवन शैलीमा परिवर्तन ल्याउनुपर्ने भन्दै योगलाई पनि अनुशरण गर्नुपर्ने बताए । त्यस्तै स्वस्थ्य निर्देशनालयका आयुर्वेद विज्ञ डाक्टर वुद्धीप्रसाद पौडेल, सामाजिक विकास मन्त्रालयका कविराज अधिकृत गणेश भट्टराई, पताञ्जली योग समिति प्रदेश पाचका अध्यक्ष प्रेम शाहले योगको महत्वका बारेमा चर्चा गर्दै जीवनशैलीमा परिवर्तन ल्याउन सके स्वस्थ्य रहन सकिने बताएका थिए ।
लुम्विनी आयुर्वेद चिकित्सालयका निमित्त कार्यालय प्रमुख कविराज निरिक्षक गणेशप्रसाद सापकोटाका अनुसार कार्यक्रममा योग सम्वन्धि पशिक्षण दिइएको थियो । योग प्रशिक्षक विष्णुहरी आचार्यले योग सम्वन्धी प्रशिक्षण दिएका थिए ।
यसैवीच योग दिवसकै अवसरमा बिहिवार रक्तदान समेत गरिएको स्वस्थ्य निर्देशनालयका अधिकृत कविराज रामशरण यादवले बताए । रक्तदान कार्यक्रमका संयोजक लक्ष्मण ज्ञवालीका अनुसार २० जनाले रक्तदान गरेका थिए ।
प्रतिकृया दिनुहोस