• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ताइवानमा लगानी गर्न एप्पललाई फक्सकोनका संस्थापकको आग्रह

तस्विर : वेब

एजेन्सी । फक्सकोनका संस्थापक तथा सबैभन्दा ठूलो सेयरहोल्डर टेरी गोले आइफोनको उत्पादन कारखानालाई चीनबाट ताइवान सार्न एप्पललाई आग्रह गरेका छन् । 

फक्सकोन एप्पलको एप प्रमुख पार्टनर हो । कम्पनीका शेयर होल्डरहरुको बैठकलाई सम्बोधन गर्दै गोले चीनबाट ताइवानमा सर्नका लागि एप्पलाई आग्रह गरेको र यो सम्भव रहेको पनि बताएका छन् । 

टेरी गो फक्सकोनको अध्यक्ष पदबाट राजिनामा दिने तयारीमा रहेको बताइएको छ । उनी ताइवानको राष्ट्रपति पदको चुनावमा भिड्ने योजना बनाइरहेको पनि बताइएको छ । 

गो राष्ट्रपतिमा लड्ने भएकाले पनि उनले एप्पललाई चीनबाट ताइवानमा सर्न प्रोत्साहित गरिरहेको बताइएको छ । 

निक्केई एसियन रिभ्यूको पछिल्लो रिपोर्ट अनुसार चीनबाट आफ्ना प्रडक्टको १५ देखि ३० प्रतिशत सम्म उत्पादन दक्षिणपूर्वी एसियाली मुलुकहरुमा सार्ने एप्पलको योजना छ ।

चीन र अमेरिका बीचको व्यापार तनावले जस्तो सुकै रुप लिएपनि चीनबाट विस्तारै बाहिर निस्किने योजना एप्पलको छ ।

चीनमा न्यून जन्मदर, उच्च श्रमिक ज्यालादरका साथै केवल एउटा देशमा मात्र उत्पादनलाई केन्द्रित गर्नुका जोखिमलाई मध्यनजर गर्दै एप्पलले यस्तो योजना बनाएको बताइएको छ ।

फक्सकनका अध्यक्ष जोले चीनबाट आफ्नो प्रोडक्सन लाइनलाई बाहिर सार्ने एप्पलको योजनामा फक्सकन सहयोग गर्न तयार छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर