• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

 नगरपालिका क्षेत्र पुनः नापी हुने

दोलखा । भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ ।द्वन्द्वको समयमा भएको क्षतिको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले सङ्घीय सरकारसँग समन्वय गरी पुनः नापी गरिने  आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिकका क्रममा उक्त नगरपालिकाले सो जानकारी दिएको हो ।  

नागरिक अगुवा चिरञ्जीवी मास्केले भने ,“विसं २०४९ मा नगर क्षेत्रको नापी भएको थियो । २०/२० वर्ष पछि पुनः नापी गर्ने सरकारको नियम भए पनि हालसम्म नापी हुन नसकेकामा नगरपालिकाले जनपक्षीय निर्णय गरेकोमा हामी खुशी व्यक्त गर्दछौँ ।” 

 नगरभित्रको सार्वजनिक र खुला क्षेत्र संरक्षण गर्न पनि नक्सा अद्यावधिक गर्नुपरेको बताउँदै नगरप्रमुख भरत केसीले भने, “नागरिकले आफ्नो सम्पत्ति सहजरुपमा रक्षा गर्न सकून् भन्ने उद्देश्यले नै यो योजना ल्याइएको हो ।”


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर