• बुधबार ११-१४-२०७६/Wednesday 02-26-2020/ 06:15 am

पत्याउनु हुन्छ ? सय वर्षका दुलाहा १०२ वर्षकी दुलही

सिएनएन । प्रेमको कुनै सीमा हुंदैन भन्ने कुराको पछिल्लो प्रमाण बनेका छन् अमेरिकाको ओहायोका एक जोडी । जसले आफ्नो उमेरको उत्तरार्धमा विवाह गरेर विश्वलाई चकित बनाएका छन् । 

ओहियोस्थित सय वर्षका जोन र  १ सय २ वर्षकी फिलिस कुकले विवाह गरेका छन् । दुबै पछिल्लो एक वर्षदेखि एक–अर्कालाई डेट गरिरहेका थिए ।

दुबैको भेट गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भएको थियो । त्यसपछि उनीहरुको दोस्ती समयसँगै प्रेममा परिणत भयो । उनीहरु एक–अर्कालाई डेट गर्न थाले र गत बुधबार उनीहरुले विवाह गरेकाे सिएनएनले लेखेकाे छ ।

जोनले आफ्नो विवाहबारे भनेका छन्, ‘यो हाम्रो योजनामा थिएन । तर हाम्रो यहाँ भेट भयो । यहाँ विवाह होला भनेर सपनामा पनि सोचेको थिइनँ ।’

जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् ।  करिब १० वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो । यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो । श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् ।

त्यही वृद्धाश्रममा गत वर्ष जोन पनि आएपछि आफूहरु प्रेममा परेको फिलिसले बताइन् ।

‘तपाईंलाई नढाँटी भन्ने हो भने हामी एक–अर्काको प्रेममा पर्यौं । यो उमेरमा यस्तो भन्दा तपाईंलाई पनि अचम्म लाग्यो होला तर हामी साँच्चै नै प्रेममा थियौं,’ फिलिसले भनिन् ।

‘हामीबीच धेरै कुरा मिल्छ, हामी एक–अर्काको साथमा रमाउँछौं,’ जोनले भने ।

यो नवविवाहित जोडीले राम्रो सम्बन्धको कडी के हो भन्ने प्रश्नमा उत्तर दिए, ‘एक–अर्काप्रतिको सम्मानले  नै सम्बन्धलाई दिगो बनाउँछ ।’

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नाभी काट्नु अगाडी बच्चाको रिसाह अनुहार देखेर डाक्टर नै चकित,तस्बिर भाइरल

  • ११ फाल्गुण, २०७६

एजेन्सी । अस्पतालमा बच्चाको जन्म भयो भने सामान्य रुपमा बच्चा स्वस्थ छ छैन परिक्षण गर्नको लागि बच्चालाई रुवाउने गरिन्छ । ब्राजीलको मेरियो डी

आत्महत्या गर्न २३९ यात्रु बोकेको विमानलाई चालकले नै डुबाए समुन्द्रमा !

  • ७ फाल्गुण, २०७६

एजेन्सी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबोटले सन् २०१४, ८ मार्चमा बेपत्ता भएको भनिएको मलेसियाली विमान जानीबुझीकनै बेपत्ता पारिएको दावी

भारतमा कुदिरहेको रेलमा टिकटक भिडियो बनाउन खोज्दा चिप्लियो युवक

  • ७ फाल्गुण, २०७६

एजेन्सी । टिकटक भिडियो बनाउने लत लागेका प्रयोगकर्ताले भाइरल भिडियो बनाउन कस्ता र कति जोखिमपूर्ण कदम उठाउछन् भन्ने टिकटिकमा थाहा पाउन सकिन्छ