• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:55 pm

बोलिभियाली प्राकृतिक छटा : छिनछिनमा रंग परिवर्नत गर्ने पोखरी (फोटोफिचर) 

रंगीन द लगुना कोलोराडा पोखरी

विश्वको सबैभन्दा ठूलो नुन खानी सलार दि युनी - दक्षिण–पश्चिम बोलिभियाको अन्डेसमा रहेको ‘सलार दि युनी’लाई विश्वको सबैभन्दा ठूलो नुन खानीको रुपमा चिनिन्छ । यसलाई एक प्राग ऐतिहासिक पोखरीको विरासतको रुपमा लिइन्छ । जुन करिब ११ हजार वर्ग किलोमिटर बढी क्षेत्रमा फैलिएको छ । सलार डि युनी नुन खानी विश्वको सबैभन्दा ठूलो नुन खानी र बोलिभियाको सबैभन्दा लोकप्रिय पर्यटन स्थल हो । यहाँको चम्किलो सेतो परिदृश्य हेर्न विश्वभरबाट पर्यटक आउने गर्छन् । 

नुन खानीको बीचमा ज्वालामुखी विस्फोट भई सतहमा निस्केर बनेको स–साना पहाड कुनै समुन्द्रबीचको टापु जस्तै देखिन्छ । रंगहीन प्राकृतिक छटामा साना–साना काला धब्बा जस्तो देखिन्छ । विशेषगरी यो ‘इन्का’ साम्राज्यको घरको रुपमा चर्चित छ । किनकि इन्का साम्राज्यवादीहरुले यो नुनु खानीको यात्रा गर्दाका दौरान यसलाई अस्थायी शरणको रुपमा प्रयोग गरेका थिए । 

पहाडहरु ४० मिटरसम्म अग्ला छन । त्यस्तै दुर्लभ मुगा, शंख जस्ता सामुन्द्रिक जीवहरुको कंकालहरु देख्न सकिन्छ । यी वस्तुहरुलाई ऐतिहासिक ताल मिन्चिन तालको अन्तिम अवषेशको रुपमा लिइन्छ । ऐतिहासिक यो ताल २० देखि ४० हजार वर्षअघि नै सुकेको किंमदन्ती छ । 

ज्वालामुखीको पहाड भनेर चिनिने ‘इन्कहाउसी’ वरपर हजारौँ विशाल क्याक्टि (सिउडको एक प्रजाति)ले विस्तारै आकाशतर्फ बढिरहेको जस्तो देखिन्छ । यो वनस्पति एक वर्षमा एक देखि दुई सेन्टिमिटर मात्रै बढ्छ । यो वनस्पति १० मिटरसम्म बढ्छ र तीन सय वर्षसम्म यसको आयु हुन्छ । 

सोल दि मनाना - सलार दि उयुनीदेखि करिब ३ सय किलोमिटर दक्षिणमा स्थित इदुअर्दो अभारोअ राष्ट्रिय वन्यजन्तु संरक्षण अन्तरर्गत पर्ने विभिन्न रंग र पृथ्वीको आन्तरिक तापक्रमको विशेषता बोकेको ‘सोल डि मनाना गीजर बेसिन छ । 

सूर्योदय भएपछि प्राकृतिक तातो वाफको परिदृश्य महशुस गर्न सकिन्छ । यहाँ हिलो–पानी उम्लिरहेको देख्न सकिन्छ । विहानको समयमा यहाँ निक्कै चिसो हुन्छ र हावा र भूमिगत ग्यासबीच तापक्रम धेरै अन्तर हुन्छ । बिहानको समयमा भूगर्भीय गतिविधि सबैभन्दा बढी देखिन्छ, जसमा भू–विस्फोट एक सय मिटर उचाई सम्म पुग्छ । 

लगुना कोलोराडा : रेड लगुन - ४ हजार ३०० मिटरको उचाईमा सोल दि मनानाबाट करिब ४५ किलामिटर टाढा रहेको वन्यजन्तु संरक्षण क्षेत्र लगुना कोलोराडा अर्थात् रेड लगुना(रातो पोखरी) भनेर चिनिने यो पोखरीमा पानीको उचाई एक मिटरभन्दा कम छ । यस पोखरीलाई पानीको रातो रंगका कारण चर्चित छ । यस पोखरीलाई पनि बोलिभियाको सर्वाधिक पर्यटक आउने क्षेत्रको रुपमा लिइन्छ । 

पोखरीभित्र उम्रेका मसिना राता लेउ, झारपात र जीवजन्तुले पोखरीको पानीलाई रातो रंगमा परिणत गर्न मद्दत गरेको छ । यस पोखरीको पानी सारस चराका लागि स्वर्ग मानिन्छ, किनकि यहाँको पानीले सारसलाई अण्डा कोरल्नका लागि सही वातावरण प्रदान गर्छ । विश्वमा पाइने ६ प्रजातिको सारसमध्ये तीन प्रकारका सारस यो पोखरीमा पाइन्छन् । 

यो पोखरीको अर्को विशेषता भनेको – पोखरीमा रहेको विभिन्न रंगका लेउ, जीव वा वनस्पती अनुसारकै रंगमा यहाँको पानी पनि रंगिन्छ । अर्थात् यो पोखरी वहुरंगीय पोखरी हो । यद्यपि, यहाँ रंग छिटो–भन्दा–छिटो परिवर्तन भएको देखिन्छ । 

लगुना कोलाराडालाई रंगीचंगी पोखरीको रुपमा मात्रै लिइँदैन । इदुअर्दो अभारोअ राष्ट्रिय वन्यजन्तु संरक्षणको दक्षिण–पश्चिमी कुनामा द लगुना भर्दे(हरियो पोखरी) र लगुना ब्लान्का(सेतो पोखरी) केही मिटरको दुरीमा आमुने सामुने छन् । गुना भर्देमा आर्सेनिक र तामाको मात्रा बढी भएका कारण यसको रंग हरियो र लगुना ब्लान्काको पानीमा ‘बारेक्स’को मात्रा बढी भएका कारण सेतो रंगको देखिन्छ । 

यी पोखरीमा भूकम्पीय गतिविधिका कारण लगुन कुन रंगको हो भनी ठ्याक्कै देख्न सकिँदैन । यहाँको पानीको रंग तापक्रम, हावा र समयअनुसार पनि फरक पर्ने बताइन्छ । (तस्विर : जुआन मार्टिनेज/बिबिसी )

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

व्यवसाय गर्दै संस्कृति बचाउँदै : यसरी बन्दै छ तिहारमा बत्ती बाल्ने पाला

  • ४ कार्तिक, २०७६

भक्तपुर । हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन केहि दिनमात्र बाँकी छ ।  तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन

‘गुण्डु’ मा मखमली फूलको रौनक [फोटोफिचर]

  • ३ कार्तिक, २०७६

भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट करिब ६ किलोमिटरको दूरि पार गरेपछि ‘गुण्डु’ गाउँ आउँछ । गुण्डु नाम सुन्नेबित्तिकै जो कोहीलाई पनि तिहारको झल्को

भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई [फोटोफिचर]

  • २ कार्तिक, २०७६

भक्तपुर । दशैं सकिएलगत्तै भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । धान पाकेपछि स्थानीयहरुको चटारो वर्षदिनको कमाई भित्र्याउनमा छ ।  धेरै