राजपाले अर्को बैठकबाट संसद् अवरुद्ध गर्छ– चन्दा चौधरी
काठमाडौं । राजपाकी सांसद चन्दा चौधरीले आगामी बैठकबाट राजपाले संसद बैठक अबरुद्ध गर्ने चेतावनी दिएकी छन् । प्रतिनिधिसभामा आईतबार बोल्दै उनले नागरिकको सुरक्षा, संविधान संशोधन लगायतका एजेण्डा आफुहरुले लामो समयदेखि उठाईरहेपनि सरकारले बेवास्ता गरेको उनले आरोप लगाईन ।
लामो समयदेखि आफुहरु बजेट सेसनका कारण सरकारलाई सहयोग गरेपछि अवको बैठकबाट राजपाले संसद बैठक अबरुद्ध गर्ने चेतावनी दिईन ।
‘संविधान संशोधन, लाल आयोगको प्रतिवेदन, रेशम चौधरीलाई रिहाई, झुठा मुद्धा खारेजी लगायतका कुनैपनि कुरा सम्बोधन नगरि सरकारले बेवास्ता गरिरहेको छ । यसमा हामीलाई जवाफ चाहिन्छ । अन्यथा हाम अबको बैठकदेखि संसद अबरुद्ध गर्ने छैं । हाम्रो पार्टीले यो निर्णय गरिसकेका छौं । सरकारले ध्यान दिएर जवाफ दियोस ।’





प्रतिकृया दिनुहोस