• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:03 pm

विप्लव समूहको आक्रमणबाट पहिलोपटक प्रहरी मारिए

विप्लव कार्यकर्ताकाे गाेली प्रहारबाट मृत्यु भएका प्रहरी जवान सञ्जीव राई ।

भोजपुर । भोजपुरमा प्रहरीमाथि विप्लव समूहका कार्यकर्ताले गोली प्रहार गर्दा एकजना प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । भोजपुर सदरमुकामस्थित शनिबारे हाटमा अवस्थित पानधाने होटलमा रहेका प्रहरी जवान सञ्जीव राईको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । 

त्यस्तै, प्रहरीलाई गोली हानेर भाग्दै गरेका विप्लव कार्यकर्ता निरकुमार राईको पनि मृत्यु भएको छ । उनी विप्लव समूहका भाेजपुर जिल्ला इन्चार्ज हुन् । प्रहरीमाथि गोली हानेर भाग्दै गरेका निरकुमारको प्रहरीको गोली लागेर मृत्यु भएको हाे ।  

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले गोली प्रहारबाट प्रहरी जवान सञ्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको बताएका छन् । मृतक दुवैकाे शव जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।  अहिले भोजपुर बजार तनावग्रस्त रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रजिअ खतिवडाले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पत्रकारले तथ्याङ्कअनुरुप मात्रै समाचार लेख्नुपर्छ : सभामुख महरा

  • ३ श्रावण, २०७६

काठमाडौं । सभामुख कृष्णबहादुर महराले तथ्यअनुरुप समाचार लेख्न पत्रकारलाई सुझाव दिएका छन् । संसदीय संचारको अभिवृद्धिका लागि आयोजित अन्तरसंवाद

धनगढी विष्फोटमा घाइते मध्ये एककाे मृत्यु

  • ३ श्रावण, २०७६

कैलाली – कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका

धनगढी विष्फाेट अपडेट : घाईतेको परिचय खुल्यो, घटना स्थलमा पेस्तोल भेटियो

  • २ श्रावण, २०७६

धनगढी । धनगढीको शहिद गेटमा भएको विस्फोटमा परी घाईते भएका पाँचै जनाको परिचय खुलेको छ।  धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाईते