• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 10:45 am

भारतीय दूतावासले पठाएको पत्रबारे परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्छः कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दूतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् । 

भारतीय दूतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पारे । मन्त्री खनालले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परिक्षणको काम सो निर्णयपछि पनि नरोकिएको पनि स्पष्ट पारे ।

मन्त्री खनालले तत्कालका लागि मलको अभाव नभएको पनि बताए । उनले मनसुन सुरु भएकाले धान रोपाइँमा अब समस्या नहुने पनि बताए । यो वर्ष मनसुन ढिलाइ भएकाले गत वर्षको तुलनामा धान रोपाइँ हुन नसकेको मन्त्री खनालले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पशुपति आर्यघाटका कामदार हडतालमा उत्रिए

  • ६ कार्तिक, २०७६

काठमाडौं । पशुपति आर्यघाटका कामदारहरु बुधबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। सेवा सुविधाको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्

रत्ननगरको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

  • ६ कार्तिक, २०७६

चितवन । रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी

डोजर आतंक : चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

  • ६ कार्तिक, २०७६

बैतडी ।  डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई