• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 11:15 am

टी–ट्वान्टी खेलमा आज  मलेसिया र नेपाल भिड्दै

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले घरेलु टोली मलेसियासँग आज (शनिबार) पहिलो टी–ट्वान्टी खेल खेल्दैछ ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७४५ बजे सुरु हुनेछ ।नेपालले मलेसियासँग आइतबार अन्तिम तथा दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ । दुई खेलको सिरिजपछि नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछन् ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भोटेकोशीमा अन्तर्राष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने

  • ६ कार्तिक, २०७६

मेलम्ची । अन्तर्राष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को

गालाटासारेमाथि रियालको कठिन जित

  • ६ कार्तिक, २०७६

एजेन्सी । मिडफिल्डर टोनी क्रुसको एकमात्र गोलमा स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । रियालले घरेलु

म्यानचेस्टर सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को फराकिलो जित

  • ६ कार्तिक, २०७६

एजेन्सी । इंग्लिस स्टार खेलाडी रहिम स्ट्रलिङको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै