बोर्डले ल्याएको नीति तथा कार्यक्रमले मर्जरको विषय छोएन, एक दुई दिनमा हामी बोर्डसँग कुरा गर्छौ - छोटेलाल रौनियार  

काठमाडौं । इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डले ल्याएको नीति तथा कार्यक्रमले मर्जरको विषयलाई नसमेटको बताएका छन् । नीति तथा कार्यक्रम सार्वजानिक भएपछि प्रतिक्रिया दिंदै उनले अहिले जल्दो बल्दो रुपमा उठेको बैंक तथा वित्तीय संस्थाको मर्जरको विषयमा नीति तथा कार्यक्रमले समेट्न नसकेको बताए । 

'मर्जर वा एक्विजिशनका विषयमा नीतिले समेट्न सकेको छैन् । यो अहिलेको जल्दोबल्दो विषय हो ।' उनले भने, 'राष्ट्र बैंकले बिग मर्जरको विषय ल्याएको छ । यसको प्रत्यक्ष प्रभाव बजारमा पर्ने देखिन्छ । तर बोर्डले ल्याएको नीति तथा कार्यक्रममा यो विषयमा केही आएको छैन् ।' 

उनले ब्रोकर कमिसन घट्नु पर्ने भन्दै यसमा पनि नीति तथा कार्यक्रमले केही नबोलेको बताए । उनले यसअघि आफूहरुले उठाएको ५८ बुँदा के कति समेटिए त्यसको अध्ययन गरेर आवश्यक सम्बोधन नभए बोर्डसँग फेरि कुरा गरिने बताए । 

नीति तथा कार्यक्रममा अधिकांश विगतका बुँदा दोहोरिएको समेत अध्यक्ष रौनियारले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर