• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

जलस्रोत डिभिजन प्रमुख सहित दुई विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्र्रोत तथा सिचाई विकास डिभिजन कार्यालय महेन्द्र्र्रनगर कञ्चनपुर कार्यालय प्रमुख डिभिजन इन्जिनियर ग्रीष्मा ठगुन्ना र कञ्चनपुरका कार्यालय प्रमुख सिचाई डिभिजन ईन्जिनियर अजित कुमार श्रीवास्तव विरुद्ध सोमबार विशेष अदालतमा भ्र्रष्टाचार मुद्धा दर्ता गरेको छ ।

अख्तियारले उनीहरुलाई गत असार १२ गते निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फर–फारक गराई दिने प्रयोजनको लागि दुई लाख रुपयाँ घुस लिएको अबस्थामा रंगेहात सहित पक्राउ गरेको थियो । 

घुस रकम लिएको अनुसन्धानमा खुल्न आएपछि उनीहरु विरुद्ध सोमबार विशेष अदालतमा मुद्धा दर्ता गरिएको अख्तियारले जनायो ।

भिमदत्त नगरपालिका वडा नं। १९ स्थित चौधर नदी नियन्त्रण योजनाको पहिलो रनिङ विल फरफारक गरेवापत सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरुलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बमोजिम दुई लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय घ बमोजिम सजाय हुन मागदाबी सहित विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर