धितालले बजारमा ल्याए ‘सुनमा सुति फलाम चोर्ने देश’ [भिडियोसहित]

काठमाडौं । रंगकर्मी तथा हाँस्य कलाकारका रुपमा परिचित कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट) ले आफ्नो तेस्रो गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कलाकार धितालले ‘सुनमा सुति फलाम चोर्ने देश’ बोलको गित युट्युवमा सार्वजनिक गरेका हुन् । 

विगत एक दशकदेखि हाँस्यवयंग्य क्षेत्रमा सक्रिय रुपमा लागेका धितालले राजनीतिक अवस्था, जनताको नफेरिएको जिवनस्तर, देशमा भएको बेरोजगारी र संभावना हुँदाहुँदै विदेश भौंतारिनु्परेको अवस्थालाई गितमा उतारेका छन् । 

देश माफियाले चलाएको, भ्रष्टचार मौलाएको र यसको अन्त्य गर्ने र देशलाई सिस्टममा लाने देश प्रेमी आवश्यक्ता भएकै हो की भन्ने आशय गितमा प्रस्तुत गरेका छन् । 

राजनीतिक दलहरुलाई खरो व्यङ्ग्य गर्नसक्ने कलाकार धितालले बहुमतको सरकारबाट विकास भन्दा पनि जोक्स मात्र सुन्न परेको भन्दै तिखो ब्यङग्य प्रहार गरेका छन । गितमा शब्द, स्वर उनको आफ्नै रहेको छ । 

त्यस्तै, संगित संयोजन बाबुल गिरी, निर्देशक होम धिताल, छायांकन मरुभूमि नारायणको रहेको छ । धितालको यस अघिको ‘ब्यापार गर्न धन छैन’ र ‘बाउले भन्छन मलेसिया जाँ सार्वजनिक भइसकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर