• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउन सरकारको आग्रह

काठमाडौं । सरकारले यस वर्षको ‘अन्तराष्ट्रिय युवा दिवस’ भव्यताका साथ मनाउन सबैलाई आह्वान गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आगामी श्रावण २७ गते अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउन सबैलाई आह्वान गरेका हुन् । युवाहरुको समस्या र समाधानका उपायको खोजी हुने गरी सो दिवस मनाउने यस वर्षको तयारी रहेको पनि युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मन्त्री विश्वकर्माले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सरकारले श्रावण २७ गते युवा संवाद कार्यक्रम, युवा उद्यमीको सृजना प्रर्दशनी, युवा ¥यालीसहितको कार्यक्रम आयोजना गर्ने तयारी गरिएको पनि बताए ।

राष्ट्रिय युवा परिषदको सहकार्यमा युवा तथा खेलकुद मन्त्रालयले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा उद्यमी सम्मेलनको समेत आयोजना गर्ने कार्यक्रम तय गरेको छ । मन्त्री विश्वकर्माले युवाहरुलाई सत्मार्गका लगाउन सरकारले यस वर्षलाई युवा परिचालन वर्षको रुपमा मनाउने तयारी गरेको पनि स्पष्ट पारे । उनले युवाहरुलाई मुलुकको समृद्धिको अभियानमा सक्रीय सहभागी गराउन पनि अन्तराष्ट्रिय युवा दिवसलाई यस वर्ष भव्य रुपमा मनाउनु परेको पनि स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर