काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन् ।
पूर्व संचारमन्त्री समेत रहेका बस्नेतले एक सहकारी बचत संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैयाँ बचत रहेको झुटा समाचार सम्प्रेषण गर्न लगाउने काममा सत्तारुढ नेकपाकै नेताहरुको संलग्नता रहेको दावी गरेका हुन् । उनले मिडिया काउन्सिल विद्येयकको विरुद्धमा आफू उभिएपछि सत्तारुढ दलकै केही नेताको संलग्नतामा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठामाथिनै आँच आउने गरी त्यस्तो कपोलकल्पित समाचार सम्प्रेषण गराइएको दावी पनि गरे ।
काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा स्रोत नखुलेको ६१ करोड रुपैँया बचत रहेको र सो सम्बन्धमा अख्तियारले छानवीन प्रक्रिया अघि बढाएको समाचार केही समाचार माध्याममा आएको थियो । सोही समाचारको खण्डन गर्न शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्नु भएका काँग्रेस केन्द्रिय सदस्य बस्नेतले सो सहकारीमा आफू र आफ्नो परिवारको सदस्यको कुनै पनि खाता नरहेको पनि बताए ।
काँग्रेस केन्द्रिय सदस्य बस्नेतले सो सहकारी संस्थाको नाम आफूविरुद्धको सो समाचार आएपछि मात्रै थाहा पाएको उल्लेख गर्दै सो सहकारी संस्थाले पनि शुक्रबार विज्ञप्ती जारी गरेर मेरो नाममा कुनै पनि खाता नरहेको स्पष्ट पारेको पनि बताए । उनले आफूमाथि झुटा आरोप लगाइएको उल्लेख गर्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे ।
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ । राजपाको
काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता र चीनको ग्वानझाउमा उडान गर्ने भएको छ । मंसिर २६ गते बसेको निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका
प्रतिकृया दिनुहोस