नयाँ कर नीति बिरुद्ध जनकपुरधाममा व्यापारीहरुको प्रदर्शन 

जनकपुरधाम । सरकारले ल्याएको नया कर नीतिको विरोध गर्दै जनकपुरधामका व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् । 

शनिवार जनकपुरधाममा व्यापारीहरुले कर निति बिरुद्ध प्रदर्शन गरेका हुन् । उद्योग वाणिज्य संघको नेतृत्व जनकपुरधाम नगरको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको बिरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा व्यापारीहरुले नयाँ कर निति बिरुद्ध नाराबाजी समेत गरेका थिए । 

जनकपुरधामको शिव चोकबाट निस्केको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल श्रृजना गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले अव्यवहारिक नीतिले व्यवसायीलाई हैरानी गर्ने नियतीले ल्याइएको आरोप लगाए । 

आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेको निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको साटो ठीक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारी नेताहरुको आरोप छ ।

श्रावण १ गते देखि लागू हुने गरी ल्याइएको लागिएको नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गर्न नेपाल सरकारसङ्ग माग गर्दै प्रदर्शन  गरेको नेपाल उद्योग वाणिज्य संघ प्रदेश दुईका अध्यक्ष शिवशंकर साह हिराले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर