• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सरकार भन्छ : भारतीय ‘रअ’ प्रमुख नेपाल आएको थाहा छैन 

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना, संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर नेपाल आएको जानकारी नभएको प्रष्ट पारेका छन् । पछिल्ला मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।  

‘भारतीय गुप्चर आएको हामीलाई थाहा छैन,’ उनले भनेÞ–‘ ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट भएको हुनुपर्छ ।’ गत आइतबार भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयल नेपाल आएको र विभिन उच्च पदस्त नेताहरुलाई भेटेको समाचार बाहिरिए पनि सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने यसको खण्डन गरे । 
 
साथै, उनले प्रधानमन्त्री ओलीसंग उनको भेट भएकोबारे आफूलाई जानकारी नभएको बताए । अन्य राजनीतिक नेताहरुसंग पनि रअको भेटघाट नभएको उनले बताए । ‘जनु कुरा दशकौंदेखि अघि बढेको थिएन त्यो हामी आएपछि केही अघि बढेको छ,’ उनले भने, ‘त्यसमा भौगोलिक कठिनाइको कुरा छ। प्रकृतिसँग जित्नुपर्ने खालको कुरा छ। यो सजिलो कुरा होइन।’

याे पनि ः 

राष्ट्रपतिसँंग आधा घण्टा, प्रधानमन्त्रीसँंग ४ घण्टा भेटेर फर्किए ‘रअ’ प्रमुख गोयल

– पूर्वराजा ज्ञानेन्द्रसँग रातकाे ११ बजे भेट, प्रमलाइ भेट्न नीजि सवारीमा बालुवाटार

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर