• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 10:12 pm

तीन दशकपछि पाटनमा लाखे नाँच (फोटो फिचर)

ललितपुर । स्थगित भएको करीब तीन दशकपछि ललितपुरको पाटनमा लाखे नाँच सुरु भएको छ। हरेक वर्षको घण्टाकर्ण चर्तुदशीका दिनदेखि इन्द्रजात्रासम्म विभिन्न स्थानमा लाखे नाच देखाउने परम्परा भए पनि ललितपुरको पाटनमा यो नाच रोकिएको थियो। पाँच दिनसम्म चल्ने यो नाँच पाटनको सौगलबाट सुन्धारा ओकुबहाल, गाबहाल, पुर्णचण्डी, नकबहील , मंगलबजार ,हखाःबजार हुदै सौगलमै पुगेर समापन हुनेछ। स्थानीय यल लायकू मिप्वाः लाखे पुचःले आफनै सदस्यहरुसँग पैसा उठाएर यो नाँच ललितपुरको पाटन क्षेत्रमा देखाउन थालेकोछ। लाखे अर्थात राक्षसको भेषमा एकजना र उसलाई जिस्काउने एक झयालिन्चा वा तिनपाकुचा अर्थात तीन फुटको होचो रमाइलो गर्ने जिस्काउने गरी दुई जनाले नगर परिक्रमा गरी समुदायलाई मनोरन्जन दिने गरेका छन्।उपत्यकामा रोपाई सकेर मानिसहरु फुर्सदिलो हुने भएकाले यो समयमा मनोरन्जन प्रदान गर्न लाखे नाच घण्टाकर्ण चर्तुदशीका दिनदेखि ईन्द्रजात्रासम्म देखाउने परम्परा छ। रोपाईका बेला खान र बस्न ठेगान नहुने र काम मात्रै गर्नुपर्ने भएकाले यसपछि खानपिन र रमाइलो गर्ने भन्दै यस्तो नाच देखाउने गरेपनि दशकौदेखि नाँच लोप भएकाले यसलाई जिवन्त पार्ने प्रयास गरिएको समुहका नृत्य निर्देशक तथा कलाकार उत्तम रत्न शाक्यले बताए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न