• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

फेसबुकले परिवर्तन गर्दैछ ह्वाट्एप र इन्स्टाग्रामको नाम !

एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको फोटो सेयरिङ प्लाटफर्म इन्स्टाग्राम र क्रस प्लाटफर्म ह्वाट्एप आफ्नो नयाँ नामको विज्ञापन गर्न सुरु गरेको छ । 

अब चाँडै इन्स्टाग्राम र ह्वाट्एपको नाम परिवर्तन हुनेछ, किनकि फेसबुकले यी एप्समाथि आफ्नो ब्रान्डिङ थालेको छ । फेसबुकले केही वर्ष अघि नै इन्स्टाग्राम र ह्वाट्एपलाई खरिद गरेको थियो । 

तर यी दुवै प्लाटफर्ममाथि फेसबुकले आफ्नो दावी गर्दै आएकौ छैन । तर, अब फेसबुक कम्पनीको नाम जोडिएपछि ह्वाट्एप र इन्स्टाग्राम दुवै फेसबुकका हिस्सा हुन् भन्ने प्रयोगकर्तालाई थाहा हुनेछ । 

‘द इन्फरमेसन’को एक रिपोर्टअनुसार, फेसबुकले इन्स्टाग्राम र ह्वाट्एप कर्मचारीहलई यी दुवै एप्सलाई रि–ब्रान्डिङ गर्ने योजना बनाइरहेको जानकारी दिएको छ । 

फेसबुकले पनि यस खबरको पुष्टि गर्दै ह्वाट्एप र इन्स्टाग्रामको नाम परिवर्नत गर्न गइरहेको बताएको छ । यस क्रममा इन्स्टाग्रामलाई ‘इन्स्टाग्राम फ्रम फेसबुक’ र ‘ह्वाट्एप फ्रम फेसबुक’ बनाइने बताइएको छ । 

त्यस्तै द वर्जको एक खबरअनुसार, एपको नाम हाललाई फोन र ट्याबलेटको होमस्क्रिनमा देखिए जस्तै देखिनेछ । यद्यपि, यी एप्स पहिलो पटक डाउनलोड गर्ने प्रयोगकर्ताका लागि भने नाम परिवर्तन भएको देखिन सकिनेछ । अर्थात् एप्पल र गुगल स्टोरमा नयाँ नाम देख्न सकिनेछ । 

आइओएस प्रयोगकर्ताका लागि इन्स्टाग्रामको सेटिङ पेजको तल्लो छेउमा ‘इन्स्टाग्राम फ्रम फेसबुक’ लेखिएको देखिन्छ । फेसबुकले तर्फबाट जारी बयानमा भनिएको छ – हामी फेसबुकको तर्फबाट प्रयोगकर्तालाई मिल्ने एप्स र सेवालाई लिएर स्पष्ट रहन चाहान्छौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर