• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

हंसपुर नगरपालिकाकी उपमेयर भन्छिन–‘एक्लै भएपनि साविककै कार्यालयमा बस्छु’

जनकपुरधाम । स्थानीय सरकार गठन भएको दुई वर्ष नाघिसकेको छ । धेरै लामो समयपछि जनताले पाएका स्थानीय जनप्रतिनिधिसंगको अपेक्षा पनि निकै ठूलो नै बनाएर बसेका थिए सम्पूर्ण देशवासी । 

तर, पछिल्लो समय तितो यथार्थ बनेको छ, जनप्रतिनिधिबीचको विवाद नै । 

जनताप्रति जनप्रतिनिधि उत्तरदायी बन्न नसकेको गुनासो विभिन्न मिडियामा आइरहँदा जनप्रतिनिधिनै मिल्न नसकेका घटनाहरु दिनानुदिन बढिरहेका छन् । किन पूरा हुन सकेनन जनताका अपेक्षा, किन बढ्दैछ जनप्रतिनिधिबीच विवाद ? 

धनुषाको हंसपुर नगरपालिका पनि स्थानीय जनप्रतिनिधिबीचको विवादका कारण सधैं चर्चामा रहनेमध्येको एक हो । पछिल्लो समय प्रमुख र उपप्रमुखले छुट्टाछुट्टै कार्यालय संचाालनमा ल्याएपछि हँसपुर नगरपालिकाले निक्कै चर्चा पाई रहेको छ । 

विवादको चुरो खासमा के हो ? 

जनकपुरबाट समाचार दैनिकका सहकर्मी जयन्त ठाकुरले सोही नगरपालिकाका उपप्रमुख रेणु झा संग आफ्ना केही जिज्ञासा राखेका छन् । हेरौं ठाकूरले झासंग गरेको कुराकानीको सम्पादीत अंशः 

पछिल्लो समयमा हँसपुर नगरपालिका प्रमुख उपप्रमुख बिचको विवादका कारण निक्कै चर्चामा रहेको छ विवाद चाँही खासमा के हो ?
विवादको एउटै कारण नगरपालिकाको केन्द्रलाई लिएर हो । मेयर साहवले नगरपालिकाको कार्यालय अर्कै ठाउँमा सारेपछि मात्रै विवाद भएको हो । गत असार १० गते हाम्रो नगरपालिकाको नगरसभा भएको थियो । 

सो नगरसभाबाट पुरानौ ५४ वटा उपभोक्ता समिति र नयाँ ८४ वटा उपभोक्ता समितिको भुक्तानी गर्ने निर्णय भएको थियो । हुँदा हुँदै असार ३१ गते राति ठूलै हंगामा भयो यहाँ । कुनै पनि उपभोक्ता समितिको कार्यको मूल्यांकन नै भएको थिएन । तर मेयर साहबले अधिकृत र लेखापालालाई चेक काट्न दवाब दिएका थिए । तर उनको कुरो त्यहाँ नचलेपछि यहाँ कार्यालय व्यवस्थित नरहेको भन्दै असार ३ गते राति ८ बजे बेल्ही चौकमा कार्यालय सार्नुभयो ।  

उहाँले कार्यपालिकाको बहुमत सदस्यको सहमतिमा कार्यालय सारेको भन्नुभयो । मलाई यति मात्रै जात्रै बुझ्नु छ के म कार्यपालिकामा हो कि होइन ? हो भने कार्यालयपालिका बैठकको जानकारी मलाई किन गराउनु हुन्न ? कि उपप्रमुख बिना नै नगरपालिका चलाउनु हुन्छ मेयर साहबले । 
 

केन्द्रको विषयलाई लिएर अहिले आएर विवाद शुरु भएको छ, यस अघि पनि तपाईहरु बिच विवाद थियो नै ?
यस अघि पनि केन्द्र कै विषयलाई लिएर विवाद भएको थियो । म विभन्न समिति जस्तै योजना तर्जुमा, राजश्व परामर्श, अपांग संग लगायतको संयोजक मै हुँ । तर उहाँ आफैले ती समितिहरु पनि चलाउनु खोज्नु हुन्छ । अपांग संघ पनि उहाँले मेरो अनुपस्थितिमै गठन गर्नु भयो । म संयोजक रहेको समितिको काम उहाँले किन गर्नु हुन्छ, काम गरेर अन्त्यमा हस्ताक्षर गराउन आउनु हुन्छ । म त्यस्तो काम कहिल्यै गर्न सक्दिन । यीनै कारणहरुले विवाद भईरहेको हुन्छ । 

बिचमा तपाईहरु बिचको विवाद साम्य पनि भएको थियो, कुरो मिलि सकेको थियो तपाईहरु बिच ?
कुरो त निर्वाचित भएदेखि नै मिलेको छैन । मानव न हो काम परेपछि बोलाउनै पर्यो । उहाँले पनि काम परेको बेला बोलाउनु हुन्थ्यो । तर हामी बिच कहिल्यै कुरो मिलेन । कहिल्यै आफै तर्जुमा गर्नु हुन्छ त कहिल्यै मलाई जानकारी नै नदिई आन्तरिक श्रोत आफै उठाउनु हुन्थ्यो । मेरो काम त मैले गर्ने हो नि । कर्मचारीहरुको बैठक कहिले गर्नु हुन्छ त्यो जानकारी गराउनु हुन्न । कार्यपालिकाको बैठकमा मलाई बोलाउनु नै हुन्न । भन्नु हुन्छ मलाई उपप्रमुख नभए नि हुन्छ ।

कतिपय स्थानीय तहमा प्रमुख उपप्रमुख बिच सेवा सुविधाको नाउँ विवाद भएको देखिएको छ, के यहाँ तपाईले सेवा सुविधाकै विषयलाई लिएर नै विवाद श्रृजना त गर्नु भएको छैन ?
म यहाँको उपप्रमुख हुँ । दुई वर्ष भयो म संग एक जना पनि कर्मचारी छैनन् । न्यायिक समिति पनि म एक्लै चलाउँछु । न्यायिक समितिका लागि आवश्यक अधिवक्ता पनि छैन । जसो तसो काम चलाई रहेको छु । रह्यो सुविधाको कुरो म यहाँ ९ लाख गाडी भाडा आफ्नो घरबाट बुझाएको छु । कार्यपालिकाबाट भाडा उपलब्ध गराउने निर्णय भएको थियो । तर मेयर साहबले एक्लै सबै उठाई लिनुभयो । म आफ्नो गहना बेचेर त्यो भाडा बुझाए । यति मात्रै होइन मेयर साहबले नयाँ कार्यालयमा नआउने कर्मचारीलाई तबल  नै बुझ्न नदिने धम्की सम्म दिनु हुन्छ ।  

प्रमुख उपप्रमुख बिचको विवादका कारण सेवाग्राहीहरु समस्यामा छन नि ? 
त्यसको पीडा मलाई पनि छ । नगरसभा भएर ९ वटै वडाका वडाध्यक्षहरु आ–आफ्नो वडाको कार्यहरुको मूल्यांकन गर्ने र भुक्तानी गराउने कुरो भएको थियो । यसका साथै पुरानो फाइलहरुलाई प्राथमिकता दिने कुरो भयो । तर असार ३१ गते के कुरा नमिलेर मेयर साहबले हंगामा गर्नुभयो मलाई  थाहा छैन । म पनि ती फाइलहरुको भुक्तानी नहुँदा पीडामा छु । मैले लेखापाल र वडाध्यक्षहरुलाई जानकारी गराई सकेको छु यहाँ फाइलहरु छन् अनुगमन गरेर भुक्तानी गनु सक्नु हुन्छ भनेर । 

केही दिन अगाडी मात्रै तपाईले सामाजिक संजालमा नगरपालिकाकै प्रमुखबाट ज्यान मार्ने धम्की आएको लेख्नु भएको थियो नी ?
यसमा एकदमै सत्यता छ । म यहाँ मेरो न्यायिक समितिको चैम्बरमा बसेर कुरा गर्दै छु । झुठो बोल्दिन । उहाँले मेरो घरमै पुगेर भन्नु भएको थियो ‘मै नायक नहि खलनायक हुँ’ । एक दिन यस्तै भन्नु भयो अन्टी मलाई नगरपालिकमा भूमिगत मान्छेहरु राख्नु पर्छ मलाई । अनि मैले उहाँलाई भने जो महिला मधेश आन्दोलनमा कफर््यु लागेको समयमा गोली बाट डराएन त्यो महिला मेयरको बोलीले डराउँछ । त्यसपछि दिक्क लागेर मैले सामाजिक संजालमा लेखेको थिएँ मलाई वा मेरो परिवारका कुनै सदस्यलाई केही भए मेरो मेयर साहब लाई सोधपुछ गरी समात्नु होला । म यो कुरो अहिले पनि दोहराउन चाहन्छु ।

यो विवाद निराकरणका लागि तपाई आफैले पहल गर्नु भएको छ कि छैन ?
म दर्जनौ पटक यस विषयमा कुरा गरि सकेको छु । म पटक पटक उहाँलाई भनेको छु मेरो समितिको काममा तपाई किन हस्तक्षेप गर्नु हुन्छ, म बाट कुनै काम बिग्रिन्छ भने मलाई सम्झाउनुस । म जनताको अधिकारको लागि लडेको महिला हुँ मेरो अधिकार कुण्ठित हुँदा म चुप्प लागेर बस्ने बाला होइन पटक पटक उहाँलाई भन्दै आएको छु । मेरो विवाद उहाँसंग अधिकारकै लागि हुन्छ । त्यसपछि उहाँ सबठाउँमा यस्तै हुन्छ । मेरो कुरै टेर्नु हुन्न । 

दूबै जना राष्ट्रिय जनता पार्टी (राजपा) बाटै निर्वाचित हुनु भएको छ, यो विवाद समाधानका लागि पार्टीबाट पहल भएको छ कि छैन ?
दुई दुई पटक हाम्रा नेताहरुले दूबै जनालाई बसाएर सम्झाई बुझाई गरि सक्नु भएको छ । तर हाम्रो मेयर साहब टेर्ने मान्छे नै हुनुहुन्न । उहाँको पार्टीमा एक थोपा पसिना बगेको छैन । उहाँ सोझै आएर जित्नु भयो । अनि पार्टीको मर्यादा के हुन्छ उहाँलाई के थाहा ।  

अब यो विवादको निराकरण कसरी गर्नु हुन्छ ?
म पनि विवाद को निराकरण होस चाहन्छु । जुन दिन मेयर साहबले विधिसम्मत कार्यालय सार्नु हुन्छ त्यो दिन मात्रै नयाँ सारिएको कार्यालयमा जान्छु । यो केन्द्र संघ सरकारले तोकेको केन्द्र हो । कार्यपालिकाबाट निर्णय गराएर संघ सरकारबाट केन्द्र नसारिएसम्म यो कार्यालय म छोड्ने बाला छैन । चाहे मलाई एक्लै किन न बस्नु परोस ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर