• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जापानी मेयर र प्रदेश संसाद लम्साल बीच छलफल 

जापान । प्रदेश ३ का संसाद लक्ष्मन लम्साल र र गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामा बीच भेटवार्ता भएको छ । बुधबार भएको भेटमा सांसद लम्सालले मेयर मुरायामालाई नेपालीको मायाको चिनो बिर गोरर्खालीको प्रतिक नेपाली पहिचान ढाका टोपी लगाईदिएका छन् ।

प्रदेश ३ को काभ्रे जिल्लाका सांसद तथा नेकपा युवा नेता लक्ष्मण लम्साल र मेयर मुरायामा बीच आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो ।

भेटमा प्रबासी नेपाली एकता मंच जापानका नेता हवल चन्द्र लामा र गुन्माका निबर्तमान संयोजक महेश रिजालको बिशेष उपस्थिति रहेको थियो ।

सांसद लम्सालले नेपाल जापान–संम्बन्घ घेरै पुरानो र गाढा रहेको र जापान सरकारले नेपालको हरेक कृयाकलापमा सहयोग गर्दै आएकोमा धन्यवाद दिए ।

उनले निकट भबिश्यमा काभ्रे ज़िल्लाको कुनै एक शहर र गुन्माकेनको ओइजुमी शहरबिच भागिनी संम्बन्घ राख्ने  प्रस्ताव समेत अघि सारेका थिए ।

मेयर मुरायामाले गुन्माको आफ्नो शहरमा घेरै नेपाली बसोबार गर्ने गरेको र सुखदुखमा साथ दिइरहेको जानकारी गराए । साथै निकट भबिष्यमा नेपाल गएर नेपालबारे थप जानकारी लिने रुची समेत उनले व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर