• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दुई प्रकारका हुन्छन् सेक्स इच्छा, जान्नुहोस् तपाईमा कुन छ ? 

एजेन्सी । के तपाई तब मात्रै सेक्स गर्नुहुन्छ जब तपाईको शरीरले यसको माग गर्छ ? वा तपाईको मनमा यौन सम्पर्कको कल्पनापछि सेक्सको इच्छा जाग्छ ? यसै आधारमा यौन इच्छा अर्थात् ‘सेक्स ड्राइभ’लाई दुई भागमा बाड्न सकिन्छ । यी दुवै किसिमका इच्छाका बारेमा तपाईले जान्न आवश्यक छ । 

जब तपाईको शरीर होइन, दिमागले यौनको इच्छा गर्छ भने त्यसलाई ‘स्पोनटेनियस ड्राइभ’(स्वतस्फूर्त यौन इच्छा) भनिन्छ । कहिले–काही तपाई सेक्सको कल्पना गर्नुहुन्छ, जसका कारण तपाईलाई सेक्स गर्ने इच्छा हुन्छ । यस्तो चाहि प्राय पोर्न हेरेर वा कुनै जोडीलाई नजिकिएको देख्दा हुनसक्छ । एक अध्ययनअनुसार, यस्तो सेक्स ड्राइभ महिलामा भन्दा पुरुषमा बढी हुन्छ ।

त्यसैगरी, अर्को प्रकारको यौन इच्छा हो ‘रेसपोन्सिभ ड्राइभ’ अर्थात् अनुक्रियाशील इच्छा । पुरुषमा यस्तो इच्छा इरेक्सनसँगै हुनेगर्छ भने महिलामा भने ग्प्तांग चलाउँदा हुन्छ । यस्तो सेक्स ड्राइभ महिलामा बढी हुन्छ । 

अब तपाईलाई लाग्न सक्छ, स्पोनटेनियस सेक्स ड्राइभ नै राम्रो भन्ने लाग्छ सक्छ, किनकि सेक्सको कल्पना गर्दा मात्रै तपाईलाई सेक्स गर्न मन लाग्छ । तर, यस्तो हुँदैन । यसमा खाली मस्तिष्क मात्रै सेक्सका लागि तयार हुन्छ, जसका कारण तपाईले त्यति राम्रो सेक्स गर्न सक्नुहुन्न । सेक्स अघि तपाईलाई वर्मअप अर्थात् फोरप्ले आवश्यक हुन्छ र स्वतस्फूर्त सेक्स इच्छामा धेरैले यसलाई वेवास्ता गर्छन् । 

दुई प्रकारका सेक्स ड्राइभका बारेमा जान्ने वा बुझ्नुभयो भने तपाई आफ्नो इच्छा र आफ्नो पार्टनरलाई पनि राम्ररी बुझ्न सक्नुहुन्छ । यसले तपाई यौन जीवनमा निक्कै राम्रो प्रभाव पार्न सक्छ । 

कसैलाई खाली यीमध्ये एउटा मात्रै यौन इच्छा हुन्छ भन्ने हुँदैन । एउटै व्यक्तिमा फरक–फरक समयमा फरक–फरक सेक्स ड्राइभ हुनसक्छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर