• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 09:03 pm

लोकसेवाको विज्ञापनविरुद्ध भएको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, ११ जना पक्राउ [फोटोफिचर]

काठमाडौं । लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा भएको प्रदर्शनको क्रममा संविधानप्रदत्त समानुपातिक समावेशी सिद्धान्तको सुनिश्चितता गर्न माग गर्दै नाराबाजी गरिएको थियो ।

आरक्षण सुनिश्चित हुने गरी विज्ञापन पुनः प्रकाशित गर्न माग गरिएको छ। भद्रकालीमा गरिएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ । सिंहदरबारको पश्चिम गेटतर्फ बढेको र्‍यालीलाई प्रहरीले रोकेको हो ।

आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन सहित ११ जना पक्राउ परेका हुन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

तस्बिरहरु : 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न