• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । नेपाली क्रिकेटका भरपर्दा खेलाडी तथा लिग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । 

सन्दीपले मंगलबार ट्विट गर्दै यस कुराको जानकारी गराएका छन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल)–२०१९ खेल्नका लागि अमेरिका जान भन्दै काठमाडौंस्थित अमेरिकी दूवावासमा आवेदन दिए पनि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको छ । 

सन्दीपले अमेरिकाले आफूलाई भिसा नदिएकोप्रति आश्चर्य प्रकट गरेका छन् । उनले भनेका छन्, ‘सबै कागजात समावेश गर्दा पनि मलाई भिसा नदिएको कुरालाई म आश्चर्यमा परेको छु ।’

लामिछानेले भिसा नपाएपछि सिपिएल खेल्न नपाइने हो कि भन्ने कुराले आफूलाई चिन्तित बनाएको बताएका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर