• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विद्युत् प्राधिकरणको नाफा ७ अर्ब २० कराेड, ३२ करोडको विद्युत निर्यात

मन्त्री पुनद्वारा विगत एक वर्षदेखि प्राधिकरणको अध्यक्षता

काठमाडौं । सरकारी निकायहरू एकपछि अर्को घाटामा जाने, टाट पल्टने प्रवृत्ति बढिरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने आफूलाई उन्नत साबित गरेको छ । गत वर्षको तुलनामा एक सय ४९ प्रतिशत बढी नाफा कमाएर ऊर्जा मन्त्रालय तथा विद्युत् प्राधिकरणको नेतृत्वले आफूलाई प्रमाणित गरेका छन् । मंगलबार ऊर्जा जलस्राेत तथा सिँचा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनम प्राधिकरणको प्रगतिबारे जानकारी गराइएको हो ।

ऊर्जामन्त्री वर्षमान पुनसहित मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा प्राधिकरणको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

प्राधिकरणले गत वर्ष ७ अर्ब २० करोड नाफा कमाएको छ । जुन त्यसअघिको तुलनामा एक सय ४९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष प्राधिकरणले २ अर्ब ९० करोड नाफा गरेको थियो ।

नाफा कमाउन प्राधिकरणले विगतको तुलनामा चुहावट नियन्त्रणको प्रतिशतसमेत बढाएको छ ।  यो आर्थिक वर्षमा विद्युत् चुहावट अघिल्लो वर्षको तुलनामा ५. ३२ प्रतिशतले कमी आएको प्रधिकरणले जानकारी दिएकाे छ ।

त्यस्तै, नाफा कमाउन प्राधिकरणले विद्युत् व्यापारसमेत बढाएको छ, जसअनुसार ग्रिडमा आबद्ध भएर विद्युत् उपभोग गर्ने उपभोक्ताको संख्य ७८ प्रतिशत पुगेको प्राधिकरणको भनाइ छ । जुन गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । विद्युत खरिद नेपाल विद्युत् प्राधिकरणले नेपाली उत्पादकबाट नीजि उत्पादनकबाट  १४ अर्ब १३ करोडको खरिद गरेको छ भने भारतबाट २३ अर्ब ३ करोड खरिद गरेको छ । 

प्राधिकरणले नेपाली उत्पादन बढी भएको मौकामा भारतलाई विद्युत् निर्यातसमेत गरेको छ । जसबाट प्राधिकरणले ३२ करोड आर्जन गरेको प्राधिकरणले जनाएकाे छ । 

प्राधिकरणले देशभर रहेका पुराना मिटर बाक्सा हटाएर स्मार्ट मिटर बाक्सा राख्ने कामको थालनी भएको जानकारी समेत दिएको छ । 

विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई ताररहित बनाउन भुमिगत तार विछ्याउने कामका लागि ठेकेदार छटोट भईसकेको र छिट्ट्रै काम थाल्ने प्रधिकरणको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर