• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ओलम्पिक खेलमा क्रिकेट पनि समावेश हुन सक्ने

लन्डन । सन् २०२८ को ओलम्पिक खेलमा क्रिकेट पनि समावेश हुने सम्भावना बढेको छ । इन्टरनेसनल क्रिकेट काउस्सिल (आइसिसी)ले अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेट समावेश गर्नेबारे छलफल गरिरहेको बताइएको छ । 

मेरिलबोन क्रिकेट क्लब (एमसिसी) विश्व क्रिकेट कमिटीका अध्यक्ष माइक गेटिङले यसबारे जानकारी गराएका छन् । बिसिसिआई हालै राष्ट्रिय डोपिङ रोधी संस्था (नाडा) अन्तर्गत आएको छ जो विश्व डोपिङ रोधी संस्था (वाडा) बाट मान्यता प्राप्त छ । 

यो अवस्थामा यो मुख्य कारण हुन सक्छ, किनकि सबै खेल संघको डोपिङ पोलिसीअन्तर्गत आउनु जरुरी थियो । गेटिङले भनेका छन् आइसिसीका नयाँ मुख्य कार्यकारी मनु शाले एमसिसीको क्रिकेट कमिटीसँग क्रिकेट संसारको ठूलो आयोजनामा समावेश गर्न प्रयासरत रहनुपर्छ । गेटिङले आफूले मनु शासँग कुरा गरेको र सन् २०२८ को ओलम्पिकमा समावेश हुन सक्ने बताए । 

एसियन गेम र कमनवेल्थ गेम्समा भने क्रिकेटले स्थान पाइसकेको छ । यस अवस्थामा अब क्रिकेट ओलम्पिक खेलमा पनि समावेश हुने सम्भावना बढेको छ । यसका लागि आइसिसी र एमसिसीले प्रयास गरिरहेका छन् । ओलम्पिकमा क्रिकेटका छोटो फम्र्याटले स्थान पाउन सक्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर