• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 09:24 pm

प्रशासकीय अदालत विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । बैठकमा मन्त्री ढकालले प्रस्तुत गरेको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको थियो । 

बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकसम्बन्धी प्रतिवेदन, २०७६’ पेश गरे । अर्को बैठक आगामी भदौ १ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपनिर्वाचन : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने

  • ५ मङ्सिर, २०७६

चितवन । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय

नदीजन्य सामग्रीको चोरी निकासी तीव्र

  • ५ मङ्सिर, २०७६

 बुटवल । जिल्लाको तिनाउ र दानव नदी किनारबाट अवैध रूपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७, हरिहरपुर नाकाबाट

चुनावी सभामा राप्रपाका नेता भन्छन–‘नेकपा, कांग्रेस असफल, अबको विकल्प राप्रपा’

  • ५ मङ्सिर, २०७६

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले नेपालको सुरक्षित भविष्यका लागि राजसंस्थालाई पनि स्पेस दिनुपर्ने बताएका छन् ।