• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 04:48 pm

सेती नदीकाे भिर चट्टानमा फसे गाई

डोटी । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा सातवटा गाई फसेका छन् । ती गाई साे चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी आएको छैन । 

तल सेती नदी तथा माथि भिर भएको उक्त ठाउँमा गाई कहिलेबाट फसेका हुन कसैलाई जानकारी भने छैन । सेती नदीको किनारमा भएको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टेकनारायण पौडेलले बताए । उनले भने, गाईहरू फसेको विषयमा मैले जानकारी पाएँ, उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीलाई भनेको छु, चाँडै उद्धार गरिनेछ ।’

फसेका गाईमध्ये केही दुधालु तथा केही गाईहरू ब्याउने अवस्थाका रहेको प्रत्यक्षदर्शी तथा स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । उनले भने, ‘केही गाई दुधालु छन्, केही भने ब्याउने अवस्थाका छन्, मैले उद्धार गर्न कोसिस गरें, तर सकिनँ ।’ 

दीपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाई संकलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बताए । उनले भने, ‘मान्छे जान नसक्ने भिरमा गाई फसेका छन्, गाई कसरी त्यहाँ गए, कसैले धकेलेको हो कि हामी अनुसन्धान गर्दैछौं ।’

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री ओलीलाई जनताले ‘निरिह’ भन्ने दिन नआओस : कमल थापा

  • ३२ श्रावण, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन्

भ्रष्टाचार बढेको नभई अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा

  • ३२ श्रावण, २०७६

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग

मध्यपहाडी लोकमार्ग मंगलबारदेखि खुल्ने

  • ३२ श्रावण, २०७६

बागलुङ । बाढीले क्षति पुर्रयाउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मंगलबारदेखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र