• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 05:02 pm

फिल्म ‘हजार जुनीसम्म’ आजबाट प्रर्दशनमा 

काठमाडौं । फिल्म ‘हजार जुनीसम्म’ जनैपूर्णिमाको अवसर पारेर आज देखि  प्रर्दशनमा आएको छ ।  मल्टिप्लेक्स हलमा फिल्मको शो बाँडफाँड गरिएको छ ।मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’लाई क्युएफएक्स अन्र्तगतका हलहरुमा १९ शो उपलब्ध गराइएको छ । काठमाण्डूको जय नेपालमा १, छायाँ सेन्टरमा १, लाविम मलमा २, कुमारीमा २, सिभिल मलमा ४ शो दिइएको छ ।

यस्तै पोखराको सिनेप्लेक्समा ३, नारायणघाटको जल्मामा ३ र विर्तामोडको अन सेटमा ३ वटा शो उपलब्ध गराएको छ । सरसर्ती हेर्दा विकासराज आचार्य कृत फिल्मले मल्टिप्लेक्समा राम्रो शो संख्या पाएको छ । यस्तै राजधानीका बिग मुभिज, क्युज सिनेमाज र बिएसआर मुभिज गोंगबुमा फिल्मले दुई दुई शो पाएको छ भने एफक्यु चावाहिलले ३ शो दिएको छ ।

फिल्ममा विकासराज आचार्यले निर्देशन गरेको रहेको छ । फिल्ममा आर्यन सिक्देलसँगै सलोन बस्नेत, अखिलेष प्रधान, शिवहरी पौडेल, प्रियंका कार्की, विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वरिष्ठ कलाकार शुभद्रा अधिकारीकाे निधन 

  • ३२ श्रावण, २०७६

काठमाडौं । वरिष्ठ कलाकार शुभद्रा  अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास  निधन भएको छ ।  ७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट

अनमोल केसी अभिनित फिल्म ‘कृ’ युट्युबमा (भिडियोसहित)

  • ३२ श्रावण, २०७६

काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘कृ’ युट्युबमा सार्वजनिक भएको छ । फिल्मका अनमोलसंगै अनुप विक्रम शाहीर आदिती बुढाथोकीको मुख्य भूमिका रहेको छ ।

ऐश्वर्य फिल्म युट्युबमा सार्वजनिक (भिडियोसहित)

  • ३१ श्रावण, २०७६

काठमाडौं । फिल्म ऐश्वर्य युट्युबमा सार्वजनिक भएको छ ।  छयो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा,