नेकपाका नेता भूमिश्वर ढकालको घरमा बम आक्रमण
रामापुर । प्रदेश ५ प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता भूमिश्वर ढकालको घरमा राति बम आक्रमण भएको छ ।
ढकालको घरमा तीनवटा बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको छ । ढकाल बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला उनकाे घरमा आक्रमण भएको हो ।
सैनामैना– ८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बाबा(आमालगायत थिए । उनि सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नभएको बताइएकाे छ । गाडीकाे पछाडिको भाग जलेर क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रमुख एसपि हदय थापा का अनुसार बियर का बोतलमा मट्टीतेल राखेर प्रहार गरिएको अनुमान प्रहरीले गरेको र घटनाको अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस