• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आफ्नी प्रेमिकाको इमान्दारिता जाँच्नेलाई २० लाख र लग्जरी कार दिने एक व्यक्तिको घोषणा

सांकेतिक तस्विर

एजेन्सी । सबै खाले सम्बन्धमा इमान्दारिताको एक निश्चित सीमा निक्कै आवश्यक हुन्छ । यसले एक बलियो सम्बन्ध बनाईराख्न मद्दत गर्छ । 

एक अर्ब व्यक्तिले आफ्नी प्रेमिकाको इमान्दारिता जाँच्न व्यावसायिक ‘हनीट्रेपर’ झिकाए । यी अर्बपति व्यक्तिलाई आफ्नी प्रमिकाले कतै आफू धनाढ्य भएका कारण मात्रै विवाह गर्न मानेकी त हो वा होइनन् वा उनी साँच्चिकै प्रेम गर्छिन् भन्ने जान्न मन लाग्यो । यो जाँच्ने ‘हनीट्रेपर’लाई उनले २० लाख रुपैयाँ र एक लग्जरी कार दिने घोषणा पनि गरे । 

द सनको रिपोर्ट अनुसार, नाम नखुलाइएको यी अर्बपति व्यक्तिले हसहस लग्जरी सपिङ तथा मार्केटप्लेस वेबसाइटमा एक व्यावसायिक हनीट्रेपरको कोटाका लागि विज्ञापन दिएका छन् । 

विज्ञापनमा उनले लेखेका छन् – ऊ आफ्नो प्रेमिकाको इमान्दारिता जाच्न चाहान्छन्, जोसँग उनको मगनी भइसकेको छ । उनी करिब एक वर्षदेखि उक्त प्रेमिकासँग छन् । 

यी अर्बपतिको पूर्वप्रेमिकासँगको अनुभव त्यति राम्रो नभएको र धेरैजसो युवतीहरु उनीसँग पैसा भएका कारण अकर्षित भएको द सनको रिपोर्टमा भनिएको छ । उनको हालको प्रेमिका चाँडै विवाह गर्न चाहान्छिन् । 

उनको प्रेमिकाको इमान्दारिता जाँच्ने व्यक्ति पनि धनाढ्य देखिनुपर्ने भएकोले उनले २० लाख क्यास रुपैयाँ, बस्नका लागि शानदार फ्ल्याट र केही लग्जरी कार दिनेछन् ताकि ऊ एक आकर्षक धनाढ्य व्यक्ति देखियोस् । 

यो विज्ञापन जारी गर्ने वेबसाइटका संस्थापक आरोन हार्पिनका अनुसार, धनी व्यक्तिको प्रेमिका बन्ने इच्छा पुरानै हो । तर कुनै करोडपति आफ्नो प्रेमिकाको इमान्दारिता जाँच्नका लागि यस प्रकारको उपाय लगाउने बिरलै देखिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर