• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मेसी र रोनाल्डो युइएफए पुरुष वर्ष खेलाडीका लागि मनोनयन

एजेन्सी ।  अर्जेन्टिनाका कप्तान लियोनल मेसी र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युइएफए पुरुष वर्ष खेलाडीका लागि मनोनयन भएका छन् । 

युरोपेली फुटबल संघले गत मंगलबार नै यसको घोषणा गरेको हो । यस अवार्डको घोषणा २९ अगस्टमा मोनाकोमा च्याम्पियन्स लिगको समूहगत चरणको खेलका दौरानमा हुनेछ । 

यो उपाधि जित्ने पहिलो फुटबलर मेसी हुन् । उनले सन् २०११ मा यो अवार्ड पहिलोपटक जितेका हुन् । रोनाल्डोले २०१४, २०१६ र २०१७ मा यो उपाधि जितेका छन् । गत वर्ष क्रोएसियाका कप्तान लुका मोड्रिचले यो उपाधि जितेका थिए । क्रोएसिया गत संस्करणको विश्वकप फाइनल पुगेको थियो । 

यो उपाधिका लागि लिभरपुलका भर्जिल भान डिक, एलिसन बेकर, सादियो माने, मोहम्मदा सलाह, रियल मड्रिडका इडेन हजार्ड, युभेन्टसका म्याथु डी लिट, बार्सिलोनाका फ्रैंक डी जोङ र म्यानचेस्टरका रहिम स्टर्लिङ मनोनयमा परेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर