वरिष्ठ कलाकार शुभद्रा अधिकारीकाे निधन 

काठमाडौं । वरिष्ठ कलाकार शुभद्रा  अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास  निधन भएको छ ।  ७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००३ सालमा भएको थियो।

उनका १ छोरा र छोरी छन् । दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ुकन्यादानु सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन् । 

उनको शवलाई १२ : ३० बजे सम्म उनकोको निवास मा श्रद्धाञ्जलीको लागि राखिने र  १ बजे देखि ३ बजे सम्म पशुपति आर्यघाट लगिने कलाकार संघले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर