• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

हवाई कारबाहीमा ७ तालिबान लडाकू मारिए

घाज्नी । अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ । 

घाज्नी प्रान्तको दिह याक जिल्लाको हद्दा गाउँमा तालिबान लडाकू लुकेर बसेका स्थानलाई लक्ष्यगरी नेटोआवद्ध संयुक्त सेनाले हवाई कारबाही शुरु गरेको थिए ।

सोही कारबाहीमा  छ तालिबान लडाकू मारिनुको साथै अन्य चार घाइते भएका प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस पहाडी प्रान्तमा लामो समययता सरकारी सुरक्षाबल र तालिबान लडाकू समूहबीच झडप जारी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर