वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ हुँदै

काठमाडौं । डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ । यस प्रतियोगिताको विजेताले यही वर्षको अन्तिममा हुने वर्ल्ड मिस युनिभर्सि्टिमा नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न ६० देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छिन् ।

सन् १९८६ मा इन्टरनेसनल एसोसिएसन अफ युनिभर्सिटी प्रेसिडेन्टको मातहतमा स्थापना भएको वर्ल्ड मिस युनिभर्सिटी विश्वमा शान्ति स्थायित्व कायम गर्न युएनले कल्पना गरेको प्रतियोगिता हो । यस प

यस प्रतियोगितामा वर्ल्ड मिस विश्वविद्यालय नेपाल २०१९ विजेता, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ फर्स्ट रनर अप, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ सेकेन्ड रनर अप गरी तीन मुख्य टाइटल रहेका छन् भने अन्य विभिन्न सब टाइटल पनि रहेका छन् । प्रतियोगितामा जुरिको रूपमा विश्वविद्यालय प्रतिनिधि, ब्यूटीशियन, ड्रेस डिजाइनर, व्यावसायिक मोडल लगायत रहनेछन् जसले प्रतियोगीको क्षमताको मूल्याङ्कन गर्ने छन् ।

यस प्रतियोगिताको टाइटल २००३ मा नेपालको प्रतिनिधित्व गरेकी आयुषा श्रेष्ठले जितेकी थिइन् । केही दिनमा नै प्रतियोगिताको लागी औपचारिक रूपमा आवेदन खुल्ला गरिने उक्त आयोजक टिमले जानकारी दिएको छ । 

  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर