राजश्व प्रशासनमा 'माथि' भन्ने चलनचल्ती हराइसक्यो : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व प्रशासनमा 'माथि' भन्ने चलन हराइसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । 

'यी चलनचल्ती भनाइहरु कहिलेकाँही हामीले पनि सुन्ने गछौं । कहीँ सत्यता हुन पनि सक्छ र कहीं चाँही थेगोको रुपमा पनि आएको हुन सक्छ ।' उनले भने, 'तर त्यो माथि भन्ने चिज अहिले छैन् यदी विगतमा थियो भने पनि अहिले छैन् । खासगरी माथि स्वच्छ भएपछि तल पनि स्वच्छ हुँदै जाने हो । सरकारले पनि त्यो कुरालाई ध्यानमा राखेको छ ।' उनले थपे, 'यहाँहरुले पनि महसुस गर्नुभएको छ । अबका दिनमा यस्ता कुराहरु सुन्नु पर्ने छैन् । यदी सुनिएमा यस्ता कर्मचारीहरु कारबाहीको दायरामा आउँछन  

सांसद रामबहादुर विष्टले भन्सारमा निरन्तर राजश्व चुहावट भएको बारे जिज्ञासा राखेका थिए । 'भन्सार राजश्वका कतिपय कर्मचारीहरुबाट भन्ने गरिन्छ मैले मात्रै खाने होर माथिसम्म दिनुपर्छ । राजश्व निरन्तर चुहावट भइरहेको बारे मन्त्रीज्यू के भन्नुहुन्छ ?' उनको प्रश्न थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर