• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

प्रचण्डले एस जयशंकरसँग होटलमा गएर भेट्न मानेनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । मन्त्री जयशंकरले भेटघाटका लागि बत्तिसपुतलिस्थित होटल द्वारीकामा प्रचण्डलाई बोलाएका थिए । तर, अध्यक्ष प्रचण्ड उनलाई त्यहाँ भेट्न गएनन् ।

मन्त्री जयशंकरले भने सबै राजनीतिक भेटघाट द्वारिका होटलमा नै गरेका थिए । अध्यक्ष प्रचण्डले आफू त्यहाँ नआउने र भेटघाटको व्यवस्था अर्को कुनै होटलमा मिलाउने भनेपनिमन्त्री जयशंकर अर्को कुनै होटेलमा नजाने प्रतिक्रिया दिएपछि भेटघाट नभएको हो । 

'विदेशमन्त्री जयशंकर बसेकै हाेटलमा भेट्न उपयुक्त नहुने ठहर अध्यक्षकाे थियाे, स्राेतले भन्याे,' 'कि त आफ्नै निवास खुमल्टारमा आउन वा अन्य कुनै हाेटलमा भेट्न अध्यक्षले प्रस्ताव पठाउनुभएकाे थियाे ।'

सोही होटलमा काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्षद्धय डा।बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका सदस्यहरुसँग उनले भेटघाट गरेका थिए । 

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले समाचार दैनिकसंग कुराकानी गर्दै भने, ‘पार्टीको बैठक भएको कारण दुईजनाका बीचमा भेटघाट भएन । भेटघाट गर्ने समयमा सचिवालयको बैठक थियो त्यही भएर अध्यक्ष प्रचण्डसँग भेट हुन सकेन ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर