• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 11:05 am

धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनले ०४६ को परिवर्तन पछि विभिन्न वहानामा समाजमा विग्रह ल्याउने कार्य सुरु भएसँगै धार्मिक एवं साँस्कृतिक सहिष्णुता खल्बलिंदै गएको बताएका छन् । 

राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषदद्वारा आज आयोजित ‘नेपालमा सांस्कृतिक अतिक्रमण तथा राष्ट्रिय पहिचानको रक्षाको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री लिङदेनले राजनीतिक परिवर्तनको आवरणमा सदियौंदेखि मिलेर बसेको समाजलाई धर्म, चाडपर्व लगायतका विषयमा अनावश्यक रुपमा फुट सिर्जना गराएर पश्चिमा धर्मलाई भित्र्याउन सुनियोजित तरिकाले मलजल गाराइएकै कारण ०६३ मा नेपाललाई धर्म निरपेक्ष बनाउन उक्त गिरोह सफल भएको दावी गरे ।

यही अवस्थाले निरन्तरता पाउँदै जाने हो भने नेपालमा ठूलो धार्मीक द्वन्द्व निम्तिन सक्ने आशंका व्यक्त गर्दै महामन्त्री लिङदेनले धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउने महान लक्ष र उद्देश्यका साथ अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र यो समस्याको निराकरण गर्न सक्ने भएकोले राप्रपालाई साथ र सहयोग गर्न सबैमा आग्रह समेत गरे । 

विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति  प्रा.डा. जगमान गुरुङले प्राचिनकाल देखि नै आफूहरुलाई हिन्दुको रुपमा चिनाउन उद्यत रहेको समुह नै आफ्नो आचरणमा बस्न नसकेकै कारण नेपाललाई ईसाइकरण गराउन मार्ग प्रशस्त भएको विचार व्यक्त गर्दै धार्मिक तथा सास्कृतिक अतिक्रमण रोक्न सबैले सनातनदेखि चलीआएको वेदीक धर्म, दर्शन अनुसार चल्न हिच्किचाउनु नहुने बताए ।

सामाजिक, धार्मीक र साँस्कृतिक सद्भाव कायम राखेर छिन्नभिन्नको अवस्थातिर उन्मुख भएको राष्ट्रिय पहिचानलाई जोगाउनेतर्फ अग्रसर हुन ढिला भइसकेकोले सबै एकजुट भएर आवाज उठाउनुपर्ने उनले बताए ।

नेपाल प्राज्ञिक परिषदका संयोजक प्रा.डा. जयन्तनाथ खनालको सभापतित्वमा सम्पन्न उक्त विचार गोष्ठीमा प्रा.डा निर्मलमणी अधिकारी, काठमाडौं कलेज अफ ल का आचार्य डिल्लीराम गौतमलगायतले आ–आफ्नो विचार राखेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खैरो हेरोइनसहित युवती पक्राउ

  • १२ फाल्गुण, २०७६

काठमाडौं ।  नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • १२ फाल्गुण, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष

अध्यक्ष प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • १२ फाल्गुण, २०७६

काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्डले शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको अबसरमा शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डले  नेपाली समाज