• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शनिबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्ट युनाइटेडमाथि २–१ को जित निकालेको हो । 

खेल सुरु भएको ३२औं मिनेटमा प्यालेसले अग्रता लिएको हो । प्यालेसका लागि जोर्डन अयुले पहिलो गोल गरेका हुन् । 

पहिलो हाफमा १ गोलले भएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट समान १ गोल भयो । युनाइटेडले ७०औं मिनेटमा पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन । खेलको ८९औं मिनेटमा युनाइटेडका लागि डेनिल जेम्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, प्यालेसका पेट्रिक भान आनहोल्टले ९३औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

लिभरपुलको उत्कृष्ट जित

साविक उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । 

नयाँ सिजनको तेस्रो खेलमा पनि उसले जित निकालेको हो । लिग अन्तर्गत शनिबार राति भएको खेलमा मोहम्मद साहलको दुई गोलको सहयोगमा लिभरपुलले अर्सनललाई ३–१ ले पराजित गरेको हो । ४१ औँ मिनेटमा जोएल मातियको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो । 

४९ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरे । ५८ औँ मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो । अवे मैदानमा भएको खेलमा आर्सनलका लागि ८५ औँ मिनेटमा लुकास टोरोइएरालो एक गोल फर्काए । 

लगातार तीन खेल जितेको लिभरपुल ९ अंक सहित शीर्ष स्थानमा छ । यसअघिका दुई खेल जितेको आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ । प्रिमियर लिगमा लिभरपुलको यो लगातार १२ औँ जित हो । गएको सिजनका अन्तिमका ९ तथा यो सिजनका सुरुका तीन खेलमा उ विजयी भएको हो ।

चेल्सीको कठिन जित

त्यस्तै, शनिबार नै भएको अर्को खेलमा चेल्सीले नर्विच सिटीमाथि ३–२ को जित निकालेको छ । चेल्सीका लागि टमी अब्राहमले दुई तथा मेसन माउन्टले एक गोल गरेका हुन् । 

खेलको तेस्रो मिनेटमै टमीको गोलबाट अग्रता बनाएको चेल्सीले को अग्रता तीन मिनेट मात्र रह्यो । खेलको छेटौं मिनेटमा नर्विचका टोड क्यान्टवेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

त्यसपछि चेल्सीले १७औं मिनेटमा पुनः अग्रता लियो । चेल्सीका मेसन माउन्टले टोलीका लागि दोस्रो गोल गरेका हुन् । तर, नर्विचका टिमु पुक्कीले ३०औं मिनेटमा गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । 

पहिलो हाफमा ४ गोल भएको खेलमा दोस्रो हाफमा भने १ गोल मात्र भयो । खेलको ६८औं मिनेटमा सिटीका टमीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलार्ई ३–२ को जित दिलाए । 

त्यसैगरी, शनिबार नै भएको अर्को खेलमा साउथह्याम्टनले ब्राइटनमाथि २–० को जित निकालेको छ भने लेस्टर सिटीले सेफ युनाइटेडमामा २–१ को जित निकालेको छ । 

लिगको तेस्रो चरणमा आइपुग्दा लिभरपुले तीनवटा खेलमा शतप्रतिशत नजिता निकाल्दै ९ अंक जोडेको छ । दोस्र्रो स्थानमा रहेको आर्सनले खेलेका तीन खेलमध्ये दुईवटामा जित तथा एक खेलमा पराजित हुँदै ६ अकं जोडेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर