भोलिदेखि खुल्दै आँधीखोलाको सेयर कारोबार, कति पायो मुल्य रेञ्ज ?

काठमाडौं । आँघिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि सोमबारदेखि सुरु हुने भएको छ । सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको १० लाख कित्ता सेयर सुचीकृत भएको छ । 

आँधिखोलाले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । उक्त आइपिओसहित नेप्सेमा १० लाख कित्ता आइपिआ सुचीकृत भएको हो । नेप्सेले सेयर कारोबारका लागि कम्पनीलाई संकेत प्रदान गरेको छ । सोमबारदेखि लगानीकर्ताले यही रेञ्जबाट कारोबार गर्नेछन् । त्यस्तै कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २ सय ६३ रुपैयाँ १६  पैसासम्मको रेञ्ज दिएको छ । कम्पनीको नेटवर्थका आधारमा कम्पनीले सेयर मुल्य तय गर्ने गर्दछ । 


आँधीखोला २०७३ भदौ १० गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भई २०७३ माघ १२ गते नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा आएको हो । १० जिल्लमा कार्यक्षेत्र रहने गरी सञ्चालनमा आएको यो लघुवित्त स्याङ्जा, तनहुँ, लमजुङ, कास्की, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा वित्तीय सेवा प्रवाह गरेको छ । लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जाको बयरघारीमा केन्द्रिय कार्यालय रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर