• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 12:53 pm

रविसँग मिलेर पुडासैनीलाई 'रेप केस'मा फसाउन खोजेको अस्मिताको बयान

चितवन । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आफुहरुले बलात्कारको केसमा फसाउन खोजेको अस्मिता भनिने रुकु कार्कीले स्वीकार गरेकी छन् ।

चितवन प्रहरीले आईतबार अभियोजन पत्र दर्ता गरेपछि भएको बयानका क्रममा आत्महत्या गर्न दुरुत्साहन गरेको आभियोगमा पक्राउ परेकी अस्मिताले टिभी कार्यक्रम संचालन रवि लामिछाने, युवराज कंंडेल र आफू मिलेर पुडासैनीलाई बतात्कार केसमा फसाउन लागेको स्वीकार गरेको चितवन जिल्ला अदालत श्रोतले जानकारी दियो ।

आईतबार चितवन प्रहरीले पुडासैनीको आत्महत्या अघिको भिडियो र त्यसपछि गरेको अनुसन्धानहरुको संकलन गरेर रवि लामिछाने, युवारज पुडासैनी र अस्मिता कार्कीलाई ३ वर्ष कैद र ५० हजार जरिवानाको माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

अभियोग पत्र पछि आईतबार अस्मिताको बयान भएपनि युवराज र रविको सोमबार गर्ने तयारी जिल्ला अदालतको छ । तीनै जनाको बयान सकिएपछि थुनछेक बहस गरेर चितवन जिल्ला अदालतले आवश्यक निर्णय लिनेछ । 

मृतक पुडासैनीले आफ्नो भिडियोमा दावी गरेको र अस्मिताले दिएको बयान मिल्न गएको देखिएको छ । अस्मिताले पुडासैनिसँगको सम्बन्धबाट छुटकारा पाउन न्यूज २४ को टिभीको सिधा कुरा जनतासँगको टोलीलाई गुहारेको, आफुपनि टेलिभिजनमा पुगेको बताएकी छन् । तर यसअघि रविले भने अस्मितासँग अहिले सम्म चिनजान र भेटघाटै नभएको दावी गरेका थिए ।

आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन् । उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन् । फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
इन्द्र भुर्तेल लेख्नुहुन्छ ९ भदौ, २०७६ ११:५९ am

हत्यालाइ आत्माहत्यामा बदले देखिकै यहाँ ठुला ठुला चलखेल भै रहेका छन , यथेष्ट प्रमाण सहितको भिडियो प्रती कसैको बिचार बिमर्श भएन तर रबि सबैको ( चोर, दलाल, घुसिया र १/२ भुसिया) target बन्दै जानूमा उत्पीडितहरुको आवाजमा बुलन्द पार्ने रबिको गला घोट्ने( आवाजमा लगामलगाउने) काम त भएको होइन कतै!!!

ललित घर्ति लेख्नुहुन्छ ९ भदौ, २०७६ ११:२८ am

अदालत भित्र गरियकाे बयानकाे बिषय पनि यसरी किन हावामा परिणत हुन्छ,न्यायिक फैसला गर्दैगर्दा हुनसक्ने संवेदनशिलताकाे बिषयमा काेहि जिम्मेवार हुनु पर्दैना ?? सवाल न्याय र अन्यायकाे हुनु पर्ने हाे यहाँ हामी सबै काेहि रवि निर्दाेष छन् भन्दै हिड्ने र काेहि पुडासैनि अात्महत्या हाेईन अात्महत्या दुरुत्साहन नै हाे भनेर जिद्दी गरेर पक्ष र विपक्षमा नारावाजि गरिरहने हाे भने स्वतन्त्र न्यायपालिकाकाे के काम ?? कृपया मनाेगत हामी काेहि नवनाैं,न त न्याय र अन्यायमा पक्ष र विपक्ष हुन्छ न त अपराध झण्डा वाेकेर अाउछ !!

ललित घर्ति लेख्नुहुन्छ ९ भदौ, २०७६ ११:२५ am

अदालत भित्र गरियकाे बयानकाे बिषय पनि यसरी किन हावामा परिणत हुन्छ,न्यायिक फैसला गर्दैगर्दा हुनसक्ने संवेदनशिलताकाे बिषयमा काेहि जिम्मेवार हुनु पर्दैना ?? सवाल न्याय र अन्यायकाे हुनु पर्ने हाे यहाँ हामी सबै काेहि रवि निर्दाेष छन् भन्दै हिड्ने र काेहि पुडासैनि अात्महत्या हाेईन अात्महत्या दुरुत्साहन नै हाे भनेर जिद्दी गरेर पक्ष र विपक्षमा नारावाजि गरिरहने हाे भने स्वतन्त्र न्यायपालिकाकाे के काम ?? कृपया मनाेगत हामी काेहि नवनाैं,न त न्याय र अन्यायमा पक्ष र विपक्ष हुन्छ न त अपराध झण्डा वाेकेर अाउछ !!

प्रेम शाह लेख्नुहुन्छ ९ भदौ, २०७६ ०७:४७ am

यदि अस्मिताले यी आरोपहरू स्वीकारेकी छिन भने पुडासैनीले लगाएका आरोपहरू जस्तो ठूल ठूला ठेकेदारहरूसंगको साठगाठ वारे पनि त छानविन हुनपरेन ।

साजना कटवाल लेख्नुहुन्छ ९ भदौ, २०७६ ०६:१० am

जास्म्म लाग्छ मलाइ रबि दाइ निरदोस नोइ हो तर नेताहरुको सडयन्त्र हो ।अनि यो केटि पनि पोइसा मा बिकि। दिनै पिछे कुरा चेन्ज ..?अब हामि पनि ठुलो बडो सग यहि भ्रष्टाचार त सिक्ने होलानि...

तपाईँको मत

पोसाक भत्ता दिने महानगरको निर्णयमा अदालतले खोज्यो कारण

  • ६ असोज, २०७६

विराटगनर । उच्च अदालत विराटगनरले जनप्रतिनिधिलाई पोसाक भत्ता वितरण गर्नुपर्ने कारण माग गर्दै छलफलमा बोलाएको छ ।  उच्च अदालत विराटगरका कायममुकायम

चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज नेपाल आउने

  • ६ असोज, २०७६

काठमाडौं । चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज १२ः२५ बजे काठमाडौं आइपुग्ने भएका छन् ।  उनी चीनका राष्ट्रपति सी जिनपिङ्गको विचारधारा

इलाम कारागारमा एक सय ५७ कैदी एकै पटक बिरामी

  • ६ असोज, २०७६

इलाम । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै