• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 03:20 pm

सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । 

भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।  

थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए । पहिले देखिनै अटवारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुशी भएको थारु पत्रकार सङ्घ कञ्चनपुरका अध्यक्ष धनबहादुर कुश्मीले बताए ।

एक दिन व्रतका लागि बिदा दिए पनि दिदीबहिनीलाई अग्रासन दिने दिन पनि बिदा दिनुपर्ने माग गरिएको छ । थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुुटसल हुने

  • ६ असोज, २०७६

धनगढी । पूर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा निसर्ग अस्पताल टेक बहादुर चोखाल स्मृति कप हुने भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा

नाराबाजीका बीच पारित भयो मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक

  • ६ असोज, २०७६

विराटनगर । प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ । नेपाली कांग्रेसको विरोधकाबीच उक्त विद्येयक पारित

गण्डकी प्रदेशसभामा दुई विधेयक प्रस्तुत

  • ६ असोज, २०७६

पोखरा । गण्डकी प्रदेशसभाको सोमबार बसेको बैठकमा छुट्टाछुट्टै दुईवटा विधेयक प्रस्तुत भएको छ । बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री